निर्णायक छलफलमा आज बिचको विन्दुमा सहमति खोजिदै

131
  •  
  •  
  •  

काठमाडौं ५ कात्तिक (ओएनएस) : संविधानका विवादित विषयमा सहमति जुटाउन प्रमुख दलहरुका नेताहरु निर्णायक छलफलमा जुट्दैछन् । हिजोदेखि आवासीय छलफलमा बसेका दलहरु आज बिहानबाट फेरि छलफलमा जुट्न लागेका हुन् । राजधानीको गोकर्ण रिसोर्टमा हिजो भएको छलफल पनि सहमतिमा नपुगि स्थगित भएको थियो । राति बसाई सहितको छलफल गर्ने भनेका तीन दलका मुख्य नेताहरु अन्तत छलफल रोकेर घर फर्किएका थिए ।

एमाले महासचिव ईश्वर पोखरेलले हिजो अनौपचारीक वार्तामा बडी समय खर्च भएको र आज सहमतिका लागि बिचको बाटोमा जान छलफल केन्द्रित हुने बताए । बैठकमा काङग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष सहित तीन तीन जना नेता सहभागी हुनेछन् । यसअघि संविधानको मुलभुत मुद्दामा फरक फरक मत राख्दै साढे एक महिनाको समय उपलव्धी विहिन तरिकाले गुजारेका दलहरु आजको छलफलमा सहमति नजुटे दोस्रो चरणको छलफलमा ९ र १० गते बस्नेछन् । पहिलो दिनको बैठकमा राज्यपुरनसंरचना, शासकीय स्वरुप र निर्वाचन प्रणाली मध्ये कुनै पनि बिषयमा ठोस सहमति हुन सकेन अघिल्लो संविधानसभामा राखेका अडान र धारणाहरुबाट प्रमुख तीन दल नेपाली काङ्ग्रेस, नेकपा एमाले, एकीकृत माओवादी र मधेसवादी दलहरु लचक नभएका कारण सहमति जुट्न सकेको छैन । सबैभन्दा ठूलो विवाद संघियतामा देखिएको छ ।


  •  
  •  
  •