राजनीतिक सयन्त्रको कार्यविधी र वैधानिक आज टुङ्गो लगाउने

138
  •  
  •  
  •  

karyadal-518x335काठमाडौं ३ माघ (ओएनएस) : प्रमुख तीन दल र मधेसी मोर्चाको कार्यदलले आज राजनीतिक सयन्त्रको कार्यविधी र वैधानिक टुङ्गो लगाउने भएको छ । हिजोको प्रैस्ताव अनुसार आज सयन्त्रको वैधानिकताका विषयमा छलफल हुनेछ । मधेसी मोर्चाले उठाएका ११ बुँदे माग सम्बोधन गर्ने विषयमा नै छलफल केन्द्रीत नेताहरुले बताएका छन् ।

बैठक सिंहदरबारमा अपरान्ह २ बजेपछि शान्ति मन्त्रालयमा  तय गरिएको छ । यसअघि हिजो भएको छलफलमा आन्दोलनरत मधेसी मोर्चा उच्चस्तरीय राजनीतिक समितिमार्फत प्रदेश सीमाकंन टुंग्याउन सहमत भएको छ। तर मोर्चाले त्यसका लागि प्रष्ट कार्यविधि बनाउनु पर्नेमा जोड दिएको थियो।

बैठकमा तीन दलीय कार्यदलले सीमाकंनको विवाद उच्चस्तरीय समितिमार्फत तीन महिनाभित्रै टुंग्याउने प्रस्ताव अगाडि सारेका थियो। प्रमुख तीन राजनीतिक दल र आन्दोलनरत मधेसी मोर्चाबीच संसद् बैठकअघि नै सहमति जुटाउने समझदारी बनेको छ ।

संसद बैठक पर्सी ५ गते बस्दैछ । त्यस अनुसार आज कार्यदल तहमा सहमतिको खाका तयार हुँदैछ । राजनीतिक सयन्त्रको क्षेत्राधिकारका विषयमा आज टुङ्गो लगनाइने नेताहरुले बताएका छन् । सरकारका तर्फबाट हिजो पेस भएको प्रस्ताव अनुसार नै आज सहमति खोजिनेछ ।


  •  
  •  
  •