तीन दलको बैठक विनानिश्कर्ष टुंगियो

57
  •  
  •  
  •  

काठमाडौं २५ भदौ (ओएनएस) : संविधानका विवादित विषयमा सहमति खोज्न बसेको प्रमुख तीन दलको बैठक विना निश्कर्ष सकिएको छ । सिंहदरवारमा बसेको कांग्रेस, एमाले र एमाओवादीको बैठकमा दलहरु आ–आफ्ना अडान छाड्न तयार नभएपछि बैठकमा कुनै सहमति नजुटेको एक नेताले ओएनएसलाई जानकारी दिए । उनका अनुसार कांग्रेस र एमालेका नेताहरुले प्रदेशको संख्या थोरै र बहुपहिचानसहितको संघीयतामा अडान राखेका थिए भने एमाओवादीले पुरानौ अडान दोहोर्याएको थियो ।

बैठकमा विवादित विषयलाई विवादिततै भनेर प्रतिवेदनमा समेटिने बारे पनि छलफल भएको छ । गएको २१ गतेभित्र सहमति जुटाइ सक्नुपर्ने भए पनि संघयिता र शासकीय स्वरुपका विषयमा दलहरुबीच सहमति जुट्न सकेको छैन ।

राज्यको पुर्नसंरचना, साशकीय स्वरुप, न्याय र निर्वाचन प्रणाली लगायतका महत्वपूर्ण विषयमा दलहरुबीच सहमति हुन बाँकी छ । यसअघि विवादित विषयमा सहमति जुटाउन भदौ २१ सम्मको कार्यतालिका रहेको थियो ।


  •  
  •  
  •