दलहरु आज निर्णायक छलफलमा जुट्दै

158
  •  
  •  
  •  

काठमाडौं २९ मंसिर (ओएनएस) :  संविधानका अन्र्तबस्तुमा सहमति गर्न दलहरु आज छलफलमा जुट्दै छन् । हिजोसम्म आन्तरिक छलफलमा केन्द्रित दलहरु ऋाज सयुक्त छलफलमा जुट्न लागेका हुन् । आज एक पक्षीय र बहुपक्षीय छलफल हुनेछन् । छलफलका क्रममा सरकार गठन र संविधान निर्माणलाई प्याकेजमा सहमति खोज्ने गृहकार्य सुरु भएको छ । संविधान बनेपछिको शक्ति बाँडफाँडलाई केन्द्रमा राखेर संसिवधानका अन्र्तबस्तुमा लेनदेन गरिने तयारीमा आज सयुक्त बैठक गर्ने तयारी छ । आज संविधानसभाको सम्वाद तथा सहमति समितिको प्रतिवेदनमाथि छलफल गर्नुअघि सहमति खोज्ने नेताहरुले बताएका छन् ।

विवादित मुद्दा पुनः संवाद समितिमा फर्काउने कि सभामै छलफल गरेर मस्यौदाका लागि प्रक्रिया अघि बढाउने भन्नेमा दलहरूबीच विवाद छ ।
दलहरुबीच सबै विषयमा खुलेर छलफल सुरु भएको एमाले उपाध्यक्ष भीम रावलले जनाकारी दिए । उनका अनुसार शक्ति शक्ति बाँडफाँड र संविधानका अन्र्तबस्तु सबै विषयमा छलफल केन्द्रित भएको छ । प्रदेशको संख्या ८ सम्म हुने र शासकीय स्वरुप मिश्रीत हुने दलहरुबीच सहमति नजिक छ ।
आज चारपक्षीय बैठकबाट विवादित मुद्दामा प्याकेजमै सहमति जुटाउनका लागि छुट्टै कार्यदल बनाउने दलहरूको तयारी छ ।


  •  
  •  
  •