बन्ला त आज सहमतिको खाका ?

145
  •  
  •  
  •  

काठमाडौं १ माघ (ओएनएस):
प्रमुख तीन दलका शीर्ष नेताहरुको निर्णय अनुसार आज कार्यदलले मधेसी मोर्चाले राखेका मागका बिषयमा छलफल गर्ने भएको छ । मधेसी मोर्चाले राखेका मागमा साझा धारणा र संघियताको टुङ्गो लगाउन राजनीतिक सयन्त्रको वैधानिकताका विषयमा छलफल हुनेछ । शीर्ष तहमा माघ ४ गते भित्र मेधसी मोर्चासँग सहमति गर्ने निर्णय भएको छ ।

हिजो बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकले पाँच गतेको संसद् बैठकअघि नै आन्दोलनरत मधेसी मोर्चाका सबै माग सम्बोधन गर्ने निर्णय गरेको हो । प्रमुख दलको कार्यदललाई सहमति गर्ने अधिकार दिएको छ । आज बस्ने कार्यदलको बैठकलाई निश्कर्षमा पुर्याउने गरी मोर्चाले राखेको ११ बुँदे मध्ये कुन–कुन बुँदा पुरा गर्न सकिन्छ, कुन सकिदैन भन्ने निश्चित गर्न भनेको छ ।

त्यस आधारमा कार्यदलले आज छलफल गर्ने कार्यदलका सदस्य कांग्रेस नेता महेश आचार्यले जानकारी दिए । कार्यदलका अलावा सहमति जुटाउन आजै तीन दलका शीर्ष नेताहरुले मोर्चाका नेताहरुसँग द्धिपक्षीय र बहुपक्षीय छलफल समेत गर्नेछन् । आज दिउँसो बस्ने दुई पक्षीय कार्यदलको बैठकले सहमतिको ड्राफ्ट तयार गरेपछि शीर्ष तहमा छलफल गरेर टुङ्ग्याइनेछ ।


  •  
  •  
  •