काठमाडौं ७ पुस (ओएनएस) : नेताहरुले सहमति जुटाउन नसकेपछि नागरिक तहबाट पहल हुने भएको छ । आज प्रमुख दलका शीर्ष नेताहरुलाई एकै ठाउँमा राखेर छलफलको आयोजना गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघले मुलुकको आर्थिक विकासको एजेण्डा र सहमतिको वाताबरण तयार गर्न आज विभिन्न दलका प्रमुख नेताहरुसँग छलफल गर्ने भएको छ ।
एक वर्षमा संविधान जारी गरेर काम थाले पनि नयाँ संविधान जारी गर्ने दिन आउनै लाग्दासमेत उल्लेख्य प्रगति हुन नसकेको बारेमा पनि महासंघले नेताहरुको ध्यानाकर्षण गराउने भएको हो ।
आज दिउँसो २ बजे होटेल सोल्टीमा हुने छलफलमा समयमै संविधान जारी गरी मुलुकलाई आर्थिक उन्नतितर्फ लैजानका लागि प्रतिबद्धता जनाउन लगाउने जनाइएको छ । छलफलमा नेपाली कांगे्रस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी, मधेसवादी दलसमेतको सहभागिता रहने भएको छ ।