‘हुँदै नभएको सहमतिमा प्रचण्डको अडान’

100
  •  
  •  
  •  

काठमाडौं १६ भदौ (ओएनएस) : सत्तासिन दलले एकीकृत माओवादीको अडानका कारण नै उच्चस्तरीय राजनीतिक सयन्त्रगठन हुन नसकेको बताएका छन् । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले कांग्रेस एमाले यसअघिको सहमति कार्यान्वयन गर्न पुरै तयार रहेको दावी गरे ।उनले राजनीतिक सयन्त्रगठनका क्रममा हुँदै नभएको सहमति पुरा गर्न एमाओवादीका तर्फबाट अडान आएकाले समस्या भएको बताए । ‘सरकार गठनका क्रममा भएको चारबुँदे सहमतिमा एमाओवादीका अध्यक्ष प्रचण्डलाई नै सयन्त्र गठन गरेर संयोजक बनाउने हामीले कतै सहमति गरेका छैनौ’ ओएनएस न्यूजसँग खनालले भने, ‘हुँदै नभएको सहमति हामी कसरी कार्यान्वयन गर्ने एमाओवादीले जे गरिरहेको छ सबै अस्वभाविक छ ।’ एमाले नेता खनालले प्रचण्ड सयन्त्र गठनभन्दा पनि आफु संयोजक हुन मात्रै केन्द्रित रहेकाले सबै समस्या भएको बताए । पालैपालो नेतृत्व गरौ भन्ने कुरा पनि उनलाई मान्य छैन अनि कसरी हुन्छ सहमति ? खनालले प्रश्न गरे । एमाओवादीले भने संयन्त्र गठनसँगै एमाओवादीले नेतृत्वको दावी गर्नु स्वभावीक भएको बताएको छ । कांग्रेस एमाले सरकारमा रहेकाले राजनीतिक समितिको नेतृत्व आफुले पाउनुर्ने अडान राखेको एमाओवादी नेत गिरीराजमणी पोखरेलले बताए । ‘हामीले प्रचण्डलाई संयोजक नदिएसम्म सहमतिमा जान्नौ यो हाम्रो अडान सही छ’ पोखरेलले भने ‘यसमा उनीहरु सहमतिमा आउनै पर्छ ।’


  •  
  •  
  •