सामुहिक वार्ताअघि दलहरु दुईपक्षीय वार्तामा

138
  •  
  •  
  •  

काठमाडौं १५ चैत (ओएनएस) :  सहमति जुटाउन दलहरु आन्तरिक कसरतमा जुटेका छन् । त्रिपक्षीय छलफल गर्नुअघि दलहरु दुईपक्षीय छलफलमा जुटेका छन् । हिजो भएका दुईपक्षीय छलफललाई आज पहिलो चरणमा निरन्तरता दिने र त्यसपछि सयुक्त वार्ता गर्ने दलहरुको तयारी छ ।

बिहान प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच छलफल हुँदैछ । प्रधानमन्त्रीको सरकारी निवास वालुवारमा हुने छलफलमा नेतृत्वकाबीचमा संघियताको विवाद र सहमतिका विकल्पमा छलफल हुनेछ । हिजो कांग्रेस एमालेले छलफल गरि विकल्प खुला राख्दै सहमतिबाट संविधान बनाउने सहमति गरेका छन् ।

एमाले अध्यक्ष ओलीसँग भएको छलफल बारे जानकारी गराएर प्रचण्डसँग छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दलहरुबीच छलफल भएपनि सहमति नहुँदा संविधानसभाको बैठक र संविधान निर्माण प्रक्रिया अन्यौलमा परेको छ । तराईका पाँच जिल्ला पुर्वका झापा, मोरङ, सुनसरी र पश्चिमका कैलाली र कञ्चनपुरलाई कसरी मिलाउने भन्नेमा विकल्पमा छलफल हुनेछन्


  •  
  •  
  •