तोडिएको सम्वाद जोड्दै दलहरु

172
  •  
  •  
  •  

काठमाडौं २९ माघ (ओएनएस) :  सम्वाद बन्द गरेका प्रमुख दलहरु फेरि सम्वाद सुरु गर्ने निस्कर्षमा पुगेका छन् । आजै साँझबाटा सम्वाद हिनताको अवस्था अन्त्य गर्ने दलहरुको तयारी छ । दिउँसो संविधानसभाको बैठक स्थगनपछि सम्वाद सुरु गर्ने दलहरुको तयारी छ ।

पहिलो चरणमा प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकम दाहाल प्रचण्डबीच सम्वाद सुरु गर्ने र अरु नेताहरु त्यो सम्वादमा सहभागि हुने एक नेताले जानकारी दिए । वार्ताका लागि सरकार तर्फबाट नेता आनन्दप्रसाद ढुगानाको सहयोगमा कानुनमन्त्री नरहरी आचार्यले मध्यस्थता गरिरहेका छन् ।

एमाओवादीबाट महासचिव कृष्णबहादुर महराले भूमिका खेलेका छन् । यो बिचमा चलिरहेका अनौपचारीक छलफल सकारात्मक रहेकाले सन्देश सहित औपचारीक वार्ता थाल्ने दलहरुको तयारी छ । बिहीबार बिहान मात्रधै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकदुई दिनभित्रै वार्ता सुरु हुने बताएका छन् ।

एउटा रेडियो अन्र्तवार्तामा प्रचण्डले प्रधानमन्त्रीसँगको अनौपचारीक वार्ता सकारात्माक रहको र औपचारीक वार्ता सुरु गर्न खासै समस्या नभएको बताए । तर, प्रश्नावली समिति स्थगन लगायतका केही काम सत्तापक्षले लचक भएर गर्नुपर्ने उनको भनाई छ । विपक्षी मोर्चाका नेता विजयकुमार गच्छदारले पनि बुधवार यो हप्ताभित्रै वार्ता सुरु हुने दावी गरेका थिए ।

दलहरुबीच प्रदेशको नामाकरण गर्ने जिम्मा प्रदेश सभासलाई दिने र तराइृमा दुई प्रदेश बनाउनेगरि वार्ता सुरु गरेका छन् । कानुनमन्त्री नरहरी आचार्यले आन्तरिक रुपमा विपक्षी दलका नेताहरुसँग छलफल भइरहको स्वीकार गरे ।

उनले आज या भोलिसम्ममा शीर्ष तहमा नै वार्ता गराउने पहल भइरहेको पनि बताए । ‘हामी निरन्तर छलफलमा छौ’ उनले भने, ‘वार्ता सकारात्मक छ त्यो भन्दा बढी अहिले नै भन्न मिल्ने अवस्था छैन आजभोलिमा तपाइहरुले परिणाम देख्नुहुनेछ ।’ एमालेबाट रविन्द्र अधिकारी लगायतका नेताहरु छलफलमा जुटका छन् ।

स्रोतका अनुसार यो बिचमा दोस्रो तहका नेताहरुबीच आधा दर्जन पटक छलफल भइसकेको छ । प्रधानमन्त्री कोइरालासँगको टेलिफोन वार्तामा पनि एमाओवादी अध्यक्ष प्रचण्डले वार्ताका लागि तयार रहेको बताएका थिए । प्रधानमन्त्री र प्रचण्डबीचको टेलिफोन वार्ताबाटै वाताको वाताबरण बनेको मन्त्री आचार्यको भनाई छ ।


  •  
  •  
  •