आज प्रमुख दलले साझा धारणा बनाउँदै

132
  •  
  •  
  •  

काठमाडौं १२ पुस (ओएनएस) : मधेसी मोर्चाले अघि सारेका मागमा विषयमा साझा धारणा बनाउन प्रमुख दलहरुको बैठक आज बस्दैछ । हिजो मधेसी मोर्चासँग भएको छलफलका आधारमा धारणा बनाउन प्रमुख विपक्षी कांग्रेससहित तीन दलको बैठक बस्न लागेको हो । हिजो कांग्रेस, एमाओवादी र मोर्चाबीच छलफल भएको थियो । एमाओवादी आन्दोलनरत मधेसी मोर्चाले उठाएको सीमांकनसहित ११ बूँदे मागमा साझा धारणा बनाएर जान तयार भएका छन् ।

प्रमुख दलहरुको बैठक बस्नु अघि प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अहिले भेटवार्ता भएको छ ।  । प्रधानमन्त्री निवास बालुवाटारमा जारी वार्तामा मोर्चाले राखेका मागका विषयमा केन्द्रित छलफल भएको छ  प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

आजको बैठकमा वार्ता प्रकृया कसरी अघि बढाउने र सदन कसरी सुचार गर्ने भन्नेबारे तय हुने हिजो बैठकपछि एमाओवादी अध्यक्ष प्रचण्डले बताउनु भएको थियो ।


  •  
  •  
  •