लामो समयपछि दलहरु सम्वादमा जुट्दै

301
  •  
  •  
  •  

Baluwatar-PMकाठमाडौं ५ पुस (ओएनएस) : दलहरुबीच लामो समयदेखि रोकिएको सम्वाद आजदेखि फेरि सुरु हुने भएको छ । सत्तापक्ष र प्रतिपक्षी दलहरु छलफलमा जुट्ने तयारीमा छन् । कांग्रेस र एमालेले सहमति नभए प्रक्रियाबाट संविधान जारी गर्न संविधानसभाको कार्य अघि बढाउने निष्कर्ष निकालेका छन्। संविधानसभाको कार्यतालिकाअनुसार प्रक्रियाबाट संविधान जारी गर्ने निचोड निकालेको हो।

बैठकपछि एमाले उपाध्यक्ष भीम रावलले एमाओवादी र मधेसी मोर्चामा रहेका दलहरूसँग छलफल गरेर निष्कर्षमा पुग्ने बताए ।
संविधान जारी गर्ने समय एक महिनामात्रै बाँकी रहेकाले दुई दलले सहमतिको प्रयास पनि जारी राख्दै संविधानसभाबाट संविधान निर्माणको प्रक्रिया अघि बढाउने नीति बनाएका छन्।

दलहरूबीच सहमतिका आधारमा संविधान जारी गर्नेगरी छलफल हुँदै आए पनि पछिल्लो एक सातादेखि प्रमुख दलहरूको बैठकसमेत बस्न सकेको छैन।
कांग्रेस र एमालेले सहमति नभए प्रक्रियाबाट संविधान जारी गर्न संविधानसभाको कार्य अघि बढाउने निष्कर्ष निकालेका छन्।
प्रमुख दलहरूबीच राज्य पुनर्संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीबारे विवाद छ। कांग्रेस(एमालेले संविधानसभाअन्तर्गतको संवैधानिक(राजनीतिक तथा संवाद र सहमति समितिमा सात प्रदेशसहितको संयुक्त अवधारणा पेस गरेका छन्। एमाओवादी र मधेस केन्द्रित दलहरूले भने कांग्रेस(एमालेको अवधारणामा असहमति जनाउँदै आएका छन्।   संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नौ प्रदेशसहितको संविधानको अवधारणा संवाद समितिमा पेस गरेको छ।

दलहरूबीच सबैभन्दा बढी विवाद भएको संघीयताको सीमांकनका विषयमा भने सहमति हुन सकेको छैन। कांग्रेस(एमालेले तराईका झापा, मोरङ, सुनसरी, चितवन, मकवानपुर, दाङ र कैलाली कञ्चनपुरलाई पहाडी प्रदेशमा राखेर सात प्रदेशको धारणा संविधानसभामा पेस गरेका छन्।


  •  
  •  
  •