५ दिनलाई सीमा तोकेर दलहरु छलफलमा

194
  •  
  •  
  •  

काठमाडौं १० कात्तिक (ओएनएस) :  कात्तिक १५ गतेलाई सहमतिको अन्तिम समयसीमा मानेर दलहरु छलफलमा जुटेका छन् । हिजो दुईपक्षिय छलफलमा व्यस्त रहेका दलहरु आज सामुहिक छलफलमा जुटदैछ । बिहान सिंहदरबारमा र दिउँसो सिंहदरबार बाहिर दुईचरणमा छलफल गर्ने तयारी छ । हिजो सत्तासिन दुई र प्रतिपक्ष एकीकृत माओवादीले दुईपक्षीय छलफललाई बढी केन्द्रित गरेका थिए । हिजोको दुईपक्षीय सहमति अनुसार आज निर्णायक वार्ता हुने नेताहरुले बताएका छन् ।

बिहान सिंहदबारमा हुने वार्तामा संघिय संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायाप्रणालीका विषयमा छलफल हुनेछ । अहिले ९ बजे प्रमुख तीनदलको छलफल हुनेछ । एमाले महासचिव ईश्वर पोखरेलले संघिय संरचनामा सत्तामा रहेका नेपाली कांग्रेस र नेकपा एमालेको समान धारणा रहेको आज एमाओवादीसँगको छलफलमा साझा एजेण्डा राखिने बताए । एमाले सहमतिमा जाँदा सात प्रदेशसम्म जान तयार रहेको र प्रक्रियामा एमाले अडान चार प्रदेशमा रहेको पोखरेलले बताए ।

कांग्रेसले पनि ६ प्रदेशको अडान राखिरहेको छ । एकीकृत माओवादीले भने १० प्रदेशको अडान छाड्न मानेको छैन । एमाओवादी प्रक्रियामा पनि जान तयार छैन । एकीकृत नेकपा माओवादी नेता तथा संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले आजको वर्तालाई निर्णायक बनाउने गरि नै तयारी भइरहेको बताउनुभयो । माघ ८ गते नै संविधान बनाउनेमा दलहरु सहमत भएकाले बाँकी विषयमा सहमति हुने उहाँले विश्वास छ । हिजो एमाले र एमाओवादीको वार्तापछि कांग्रेस र एमाओवादीबीच छुट्टै छलफल भएको थियो । राती ७ बजेपछि सत्तासिन दुईदलले प्रधानमन्त्री निवास बालुवाटारमा थप छलफल गरेका थिए ।


  •  
  •  
  •