कार्यदल सहमति नजिक

141
  •  
  •  
  •  

काठमाडौं ३ माघ ।
स्तावित राजनीतिक संयन्त्रको कार्यविधिबारे तीन दल(मधेसी मोर्चा शनिबार पनि कुनै निष्कर्षमा पुग्न सकेनन् । शुक्रबारको कार्यदल बैठकमा तीन ठूला दलका तर्फबाट नेताहरुले शीर्ष नेतृत्वबीच शनिबार बिहान छलफल हुने, त्यसका आधारमा कार्यदल फेरि बस्ने आश्वासन दिएका थिए ।

कार्यदल बैठक सुरु भएपछि तीन दलका तर्फबाट उपप्रधानमन्त्री भीम रावलले बालुवाटार बैठकमा कांग्रेस, एमाले र एमाओवादीबीच भएको छलफलबारे सुनाए । राजनीतिक संयन्त्रलाई संवैधानिक वैधता दिदै तीन महिनाको कार्यादेश दिने, मधेस आन्दोलनलगायत हालसम्म सीमांकनबारे आएका अध्ययन प्रतिवेदनलाई समेत सन्दर्भ सामग्रीका रुपमा समेटै त्यसले अध्ययन गर्ने र संयन्त्रले दिने निष्कर्षलाई संसदबाट पारित गर्दै संविधान संशोधन गर्ने तीन दलीय प्रतिबद्धता मोर्चासमक्ष पेश गरे ।

मोर्चाका प्रतिनिधिले भने तीन दलका तर्फबाट ठोस र नया प्रस्ताव केही नआएको भन्दै असन्तुष्टि जनाए । अहिलेसम्म सहमतिको विकल्पका नाममा आफूहरुलाई झुलाउने मात्रै काम भएको तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीलाई उद्धृत गर्दै वैठक स्रोतले भन्यो । ‘हामीलाई आज साँच्चै समाधानमूखी प्रस्ताव आउनेछ भन्ने लागेको थियो,’ त्रिपाठीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘तर तपाईंहरुले समय मात्रै लम्ब्याउने गरिरहनुभएको हो कि भन्ने आशंका जाग्यो ।’
कार्यदल सदस्य रहेका कांग्रेस नेता महेश आचार्यले प्रस्तावित राजनीतिक संयन्त्रको कार्यविधिबारे आज छलफल जारी भए पनि औपचारिक निर्णय नभएको बताए । ‘हामी सहमतिको निकै नजिक आइसकेका छौं,’ आचार्यले भने, ‘सम्भवत: भोलि ठोस समझदारीको आधार तयार हुन सक्छ ।’

मोर्चा कार्यदलका तमसपा वरिष्ठ नेता रामनरेश रायले भने सहमति नजिक पुगेको कुरा हल्लामात्रै भएको दाबी गरे । संयन्त्रलाई वैधानिकता दिने तीन दलको कुरा पुरानै भएको भन्दै उनले मधेसी मोर्चाको मूख्य मुद्दा सीमांकन हेरफेर संम्बोधन नहुन्जेल विश्वास गर्न नसकिने बताए । ‘बाहिर आएजस्तो बैठक कुनै सहमति नजिक पुगेको छैन,’ उनले भने, ‘ठोस नया कुरा नआउन्जेल हाम्रो सहमति हुदैन ।’

आइतबार दिउँसो २ बजे फेरि कार्यदल बस्ने आचार्यले जानकारी दिए । तीन ठूला दलका तर्फबाट उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष भीम रावल, कांग्रेस नेता महेश आचार्य र एमाओवादी महासचिव कृष्णबहादुर महरा थिए । मोर्चाका तर्फबाट संघीय समाजवादी फोरम वरिष्ठ नेता मंगलसिद्दि मानन्धर, तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठी, सद्‍भावना सहअध्यक्ष लक्ष्मणलाल कर्ण र तमसपा वरिष्ठ नेता रामनरेश राय यादव रहे ।

यसअघि सद्‍भावनाले कार्यदलमा कुनै प्रतिनिधि नपठाए पनि शनिबार कर्ण सहभागी भएका हुन् । पुस ११ गते विराटनगर-जोगवनी नाकामा धर्ना दिन गएका सद्भावना अध्यक्ष राजेन्द्र महतो प्रहरीबाट कुटिएपछि सद्भावनाले वार्ता बहिष्कार गर्दै आएको थियो । पुस अन्तिम साता गठित तीन दल (मोर्चा कार्यदलमा पनि सद्‍भावनाले नाम पठाएन । दिल्लीमा उपचाररत महतोलाई प्रधानमन्त्री केपी ओलीले फोन गरी विराटनगर घटनाप्रति दु:ख व्यक्त गर्दै काठमाडौं फर्कन आग्रह गरेपछि वार्ता प्रक्रियामा सहभागी हुने निर्णय लिएको सहअध्यक्ष कर्णले बताए ।
कान्तिपुरबाट


  •  
  •  
  •