संघीयताको विवाद हटाउन शीर्ष नेताकै आयोग

109
  •  
  •  
  •  

काठमाडौं २९ चैत ।
संघीयतासम्बन्धी विवादमा मुख्य पार्टीका शीर्ष नेता रहने राजनीतिक आयोग बनाउने विषयमा तीन दलका नेताहरुले छलफल तीव्र पारेका छन् ।संविधानसभाको बैठक अझै केही दिन पर सारेर आयोग घोषणा गर्ने र यसलाई सभाबाटै अनुमोदन गराएर विवादित पाँच जिल्ला झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरबारे सर्वसम्मत समाधान खोजिने भएको  छ ।

आयोगलाई १५ देखि २० दिनको समय दिइनेछ । आयोग गठन सबैका लागि ‘फेस सेभिङ’ को माध्यम बन्ने छलफलमा सहभागी एक नेताले बताए । आयोग गठनपछि सहमति भएका विषय मस्यौदा समितिमा पठाइने छ ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको सक्रियतामा यसबारे पटकपटक अनौपचारिक बैठक भएका छन् । कांग्रेस एमालेले विवादित पाँच जिल्लाका सन्दर्भमा जनमतसंग्ह गरेर टुंगोमा पुग्ने वा तिनलाई केन्द्र शासित प्रदेश बनाउने वा आयोग बनाएर निर्णय गर्नेगरी विकल्प दिएपछि एमाआृवादी र केही मधेस केन्दि्रत दल आयोग बनाएर निष्कर्षमा पुग्न सहमत भएका हुन् ।

अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •