लामो समयदेखिको सम्वादहिनता तोडिदै

128
  •  
  •  
  •  

काठमाडौं २२ फागुन (ओएनएस) : लामो समयदेखिको अवरुद्ध सम्वाद तोड्दै दलहरुले औपचारीक वर्ता थाल्ने तयारी गरेका छन् । आज दिनभर अनौपचारीक चरणमा कुराकानी भएपछि औपचारीक वार्ता सुरु हुनेछ । वार्तासँगै प्रमुख दलहरुबीच लामो समयदेखिको सम्वादहिनता तोडिने भएको छ ।

वार्तामा बस्ने एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाको निणर्यसँगै दलहरुबीचको सम्वाद हिनता तोडिएर वार्ताको ढोका खुला भएको छ । तर औपचारीक वार्ताका लागि अझै एकदुई लाग्ने देखिएको छ । हिजो विपक्षी दलले गरेको निणर्यमा थप छलफल गर्न आज सत्तासिन कांग्रेस र एमालेको बैठक बस्ने तयारी छ ।

आजको बैठकलगत्तै आन्तरिक छलफल गरेर औपचारीक वार्ताको समय तय गरिनेछ । एमाले नेता माधवकुमार नेपालले पर्सीसम्ममा वार्ता सुरु हुने बताए । प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनि छलफलको तयारी छ । अनौपचारीक तहमा छलफल गर्ने योजना रहेको प्रधानमन्त्रीक प्रेस सहयोगी प्रकाश अधिकारीले जानकारी दिनुभयो । समय भने तय भइसकेको छैन ।


  •  
  •  
  •