भेरी–बबई डाइभर्सनको काम तीव्र गतिमा, २८ प्रतिशत काम सकियो

158
  •  
  •  
  •  

काठमाडाैँ, २ वैशाख |बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सनको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । आयोजनाले काम सुरु गरेको पाँच महिनाको अवधिमा साढे २८ प्रतिशत काम सम्पन्न गरेको छ । मानवरहित टनेल बोरिङ मेसिन( टीबीएम)द्वारा सुरुङ खन्ने कार्य भइरहेको छ ।

कात्तिकको तेस्रो सातादेखि मानवरहित टनेल बोरिङ मेसिन (टीबीएम)मार्फत सुरुङ खन्न थालिएको हो । पाँच महिनाको अवधिमा ३ दशमलव ४ किलो मिटर सुरुङ खनिएको आयोजना निर्देशक शिवकुमार बस्नेतले जानकारी दिए ।

भेरी–बबई डाइभर्सन निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले लिएको छ । सिँचाइ र विद्युत् उत्पादनका लागि भेरी नदीको पानी बबई नदीमा खसाल्न भेरी र बबई नदीबीचको चुरे पहाडमा सुरुङ खन्न लागिएको हो । सुर्खेतको हात्तीखालबाट सुरुङ खन्ने काम सुरु गरिएको छ ।

भेरी नदीको पानी बबईमा खसाल्न चुरे पहाडमा १२ किलोमिटर सुरुङ खनिनेछ । सुरुङ खन्न नेपालमा पहिलोपटक मानवरहित टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरिएको हो । राजधानी दैनिकबाट


  •  
  •  
  •