दलित आन्दोलन

98
  •  
  •  
  •  

दलित आन्दोलन शुरू भएको आठ दशक भैसक्यो तर दलित समुदायले कहिले केही गरौँ भनेर एकताबद्ध भएर पदचाप बढ़ाएको देखिएन ।

अपवादमा केही र कोही शुरूमा २/४ कदम बढ़ाएको देखिए पनि आफ्नो लागि खादा, कुर्सी र आफ्ना जातको बाहुल्यता छ छैन हेरेर बुझेर छुट्टै अभियान चलाउँने संस्कार बन्यो ।

यही संस्कारका कारण धेरै पछि शुरू भएको जनजाति र मधेसीहरू आन्दोलनको परिणाम आज राज्यमा प्रभाव दिन सकने शक्तिको रूपमा उभीएको छ भने सबै भन्दा पुरानो दलित समुदायको आन्दोलन र अवस्था बिष्टको निगाहामा आश्रीत छ ।
पछिल्ला केही महिना देखि विदेशमा कार्यरत विभिन्न दलित समुदायका संघसंस्थाका बौद्धिक र आर्थिकरुपमा सवल मानिएकाहरूले नेपालमा भेला गर्ने भनेर गन्थन मनन गरि रहेका छन् ।

यसरी छलफल गर्नु सकारात्मक हो तर स्वार्थहरूको विविधताले भरिएको मन आज एक तिर तुन्यो भोलि अर्कों तिर फाट्ने ।

भोलि अर्कों तिर तुन्यो पर्सी अर्कोतिर फाट्ने कथन झैँ छलफल र बहसको निचोड़ अझैँ आ–आफनै भेला गर्ने भनेर राग अलापदैमा सकिएको छ ।

दलित समुदायको एकै एजेण्डा, एकै पीड़ा र एकै निराकरण हो भनेर साझा सोच र मानसिकता यी बौद्धिकबीच हिजो नि बन्न सकेन र अब आऊने दिनमा नि बनला जस्तो देखिन्न ।

भेटघाट गर्नु एकताबद्ध हुनुपर्छ तर करोडौँ खर्च गरेर ५ तारे होटलमा दलित समुदायको भेला गरेर २/४ ओटा प्रतिबधताको बूँदा बनाउनु भनदा दलित समुदायको प्रमुख समस्य के हो ? भनेर सबैलाई थाहा छ ।
त्यही भएर त्यो खर्च गर्ने रकमले २/४ ओटा स्कूल खोलेर दलित समुदायको बालबालिका पढ़ाऊ, दलित समुदायको सिपलाई वैज्ञानिककरण गरेर देश विदेशमा बजार व्यवस्थापन गर्देउ ।

समुदाय लक्षित आयमूलक, रोजगार मूलक कार्यक्रमको वातावरण र पूर्वधार बनाई दिऊ । जसले गर्दा दलित समुदाय आर्थिक रूपमा सवल हुँदै बिस्तारै राजनीतिक र सामाजिक स्तर बलियों बनाउने एउटा जग बन्ने छ ।


  •  
  •  
  •