डेरी दूध पिउनुहुन्छ ? हुनसक्छ स्तन क्यान्सर !

574
  •  
  •  
  •  

काठमाडौँ, (एजेन्सी) : डेरीको दूध पिउँदा महिलामा स्तन क्यान्सर समेत हुने गरेको एक अध्ययनले देखाएको छ।

अमेरिकी विश्वविद्यालयले हालै गरेको एक अध्ययन अनुसार डेरीको दूध कम मात्रामा पिउँदा ममेत महिलामा स्तन क्यान्सरको खतरा देखिएकाे हाे। यो खतरा ८० प्रतिशतसम्म बढ्ने गरेको सोधकर्ताहरुले बताएका छन्।

डेरी दूध भन्नाले रसायन मिसाएकाे प्याकेडकाे दूध, पाउडर दूध बुझिन्छ। प्रतिदिन १.३ देखि १.४ कप डेरीको दूध पिउँदा स्तनक्यानसरको जोखिम बढ्न सक्छ।

इन्टरनेशनल जर्नल अफ एपिडेमियोलोजीमा प्रकाशित रिपोर्ट अनुसार अध्ययनका लागि ५३ हजार उत्तर अमेरिकी महिलाको आहारको मूल्यांकन गरिएको थियो। यसमा सबैजना क्यान्सरबाट मुक्त थिए। ८ वर्षसम्म ती महिलामाथि शोध गरिएको थियो।

शोधकर्ताहरुले भनेका छन्-प्रतिदिन एक कप दूध पिउँदा सम्बन्धित जोखिम ५० प्रतिशतसम्म बढ्छ। प्रतिदिन २ देखि ३ कप डेरीको दूध पिउने महिलालाई स्तनक्यान्सरको जोखिम बढेर ७० देखि ८० प्रतिशतसम्म हुने गरेको छ।

अध्ययनका क्रममा ती महिलाहरुको आहारलाई २४ घन्टासम्म मूल्यांकन गरिएको थियो। साथै यसमा स्तन क्यान्सरको पारिवारिक इतिहास, शारीरिक गतिविधि, मदिराको खपत, हार्मोनल र अन्य औषधिको सेवन, प्रजनन र स्त्री रोग सम्बन्धी विषयलाई ध्यान दिइएको थियो।

अध्ययनको अन्त्यमा १ हजार ५७ महिलामा स्तन क्यान्सर पाइएको थियो।


  •  
  •  
  •