परीक्षामा फेल भएपछि बालिकाले गरिन् आत्महत्या

141
  •  
  •  
  •  

दैलेख, ३० चैत (ओएनएस) : कक्षा ९ को वार्षिक परिक्षामा फेल भएपछि दैलेखकी एक बालिकाले आत्महत्या गरेकी छिन । नारायण नगरपालीका–७ की १५ बर्षिया जानकी खत्रीले घर नजिकैको जंगलमा झुण्डिएर आत्महत्या गरेकी हुन ।

बसन्त उच्च माविको कक्षा ९को बार्षिक परिक्षाको नतिजा सुन्न बिद्यालयमा आएकी उनी फेलको सुनेपछि घर जादैँ गर्दा बिच बाटोमै आफ्नै सलले पासो लगाएर आत्म हत्या गरेकी उनका मामा पृथ बहादुर थापाले जानकारी दिए ।

परिक्षाको नतिजा सुन्न बिद्यालयमा आएकी उनी आइतबार अबेर सम्म घर नगएपछि उनको खोजी गरिएको थियो । खोजी गर्ने क्रममा उनको शब घर नजिकैको जंगलमा आज बिहान फेला परेको थियो । उनको शब पोष्ट्रमार्टमका लागि जिल्ला अस्पताल दैलेखमा ल्याउदै गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।


  •  
  •  
  •