वजेटमाथि सत्ता पक्षले विरोध गर्दा दाहाल आश्चार्यमा

294
  •  
  •  
  •  

काठमाडौँ, ३२ असार (ओएनएस) । व्यवस्थापिका–संसद्को आगामि आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको वजेटमाथि छलफल चलिरहेको छ । बैठकमा बोल्ने सत्ता पक्षका सभासदहरु पनि वजेटको विरोध गरिहेका छन् । सकारको नेतृत्व गरेको कांग्रेस र सत्ता साझेदार दल एमालेका सभासदहरुले वजेटको विरोध गर्दै आएका छन् ।

यसरी सत्ता पक्षले नै विरोध जनाएपछि प्रमुख प्रतिपक्ष्क्ष दल भने आश्चार्यमा परेको छ । बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले भने, ‘बजेटमाथि सत्ता पक्षकै विरोध देखेर म अचच्ममा परेको छु ।’ उनले सामान्यतया सत्ता पक्षले सरकारको विरोध गर्ने प्रचलन नभए पनि बजेटमाथि विरोध हुनुले आफू आश्चार्यमा परेको बताए ।

‘सत्तापक्षले बजेट ल्याउने, प्रतिपक्षले त्यसको आलोचना गर्ने र जनताको भावनालाई राख्ने स्वाभाविक प्रक्रिया भए पनि सत्तापक्षका सभासद्को भनाइ त्यस किसिमबाट आएको छैन ।’, उनले भने, ‘सत्तापक्षले सत्तापक्षकै रुपमा, प्रतिपक्षले प्रतिपक्षकै भूमिकामा रहेर प्रस्तुत हुन आवश्य छ, जसले राजनीतिक दिशालाई एउटा सकारात्मक गतितर्फ उन्मुख गराउँछ, तर बजेटमाथिको छलफलमा त्यो देखिएको छैन, सत्ता पक्षबाटै विरोध भएको छ ।’

उनले धनीलाई पोस्ने र विभेदमा परेकालाई प्रताडीत गर्ने हिसाबले जनतालाई गुलियोले छोपिएको गोलीको रुपमा सरकारले बजेट ल्याएको भन्दै बजेटको आलोचना गरे ।

सदन अबरोध गर्ने माओवादीको चेतावनी
एकीकृत माओवादीले शान्ति प्रक्रिर्याका बाँकी काम, ‘जनयुद्ध’का घाइतेलाइ राहत र उपचार लगायत आफूहरुले उठाएका माग संवोधन नभए सदन अबरुद्ध गर्ने चेतावनी दिएको छ । संसद्मा बजेटमाथिको छलफलमा भागलिँदै एमाओवादी सचिव टोबपबहादुर रायमाझीले आफूहरुका माग संवोधन नभए सदनमा प्रतिरोध गर्ने चेतावनी दिएका हुन् ।
‘बिगत सरकारले गरेका राम्रा कामको निरन्तरता र जनयुद्धका घाइतेलाइ राहत नदिए सदनमा बिरोध मात्र होइन प्रतिरोध हुनसक्छ’ रायमाझीले भने । अर्का स्थाइ समिति सदस्य जनार्दन शर्माले जनयुद्ध, जनजाती आन्दोलनलाइ कतै संवोधन नगर्नुले देशलाइ पछाडी धकेलेको आरोप लगाए ।

‘सगरमाथा चढने उदेह्य देखाएर बजेट बंगालको खाडी तर्फ लागेको छ’ उनले भने । उनले बजेट संघीयता बिरोधी रहेको हारोप लगाए । बजेटमाथिको छलफल सकिएपछि अर्थमन्त्री डा रामशरण महतले सभासदले उठाएको प्रश्नको जवाफ दिनेछन् । व्यवस्थापिका संसदबाट बुधबारै पेश्कि खर्च विधेयक पारित गर्ने तयारी छ ।


  •  
  •  
  •