दाहाल–भट्टराई सहयात्रा संविधान जारी नहुँदासम्म

152
  •  
  •  
  •  

सरोज दाहाल :-
काठमाडौं, २६ असार (ओएनएस) ।

पुष्पकमल दाहालले पार्टी नेतृत्व छाडेर आफ्नो योजनानुसार एमाओवादी नचल्ने हो भने संविधान जारी भएसँगै बाबुराम भट्टराईले नयाँ शक्तिको नाममा एमाओवादी फुटाउने छन् ।

एकीतृत नेकपा एमाओवादी भित्र सतहमा देखिएको सहमतिको प्रयास केबल टालटुल मात्र हो । बाबुराम भट्टराई न दाहालसँग बस्न सक्छन्, न त दाहाल बाबुरामलाई सँगै लिएर हिड्ने मनस्थितिमा छन् । पार्टीबाट निस्कने वा निकाल्ने को पहिला भन्ने मात्रै टुगो लाग्न बाँकी छ ।

बाबुरामलाई उनले भनेको जस्तै नयाँ शक्ति बनाउने अभियानलाई औपचारिकता दिन हतार भै सकेको छ भने सांगठानिक रुपमा भट्टराई भन्दा ओजन्दार मोहन वैद्यलाई पार्टीमा भित्राउन त्यो ठाउँ खालि गर्न दाहाललाई पनि हतारो परेको छ । बाहिर देखाउन ‘नुनको सोझो’ गरिरहे पनि दुवै नेताको भीत्रि तयारी वेग्लै छ । संविधान जारी नहुँदासम्म दुवै नेताले आफ्नो हैसियत बलियो बनाउनकै लागि भए पनि सँगसँगै रहनु पार्ने बाध्यताले मात्रै एमाओवादी औपचारिक फुटबाट जोगिएको छ ।

bbभट्टराईको योजना

सबै तहका समिति बनाइसकेका भट्टराई अन्ततः कम्युनिष्ट पार्टीको नामबाट मुक्त हुने बाटोमा छन् । तर, पार्टीमा आफूसँग भएका नेता कार्यकर्तालाई विश्वासमा लिन उनले त्यो भनि सकेका छैनन्, भलै उनले नयाँ शक्ति पनि माक्र्सबादी सिद्धान्त भन्दा विपरित नहुने बताउन छाडेका छैनन् ।

किनभने, भट्टराईले पहिला निर्णय गर्छन् अनि मात्रै अरुको साथ खोज्छन् । भट्टराइ निकट देवेन्द्र पौडेल भन्छन ‘अहिले नयाँ शक्ति हुनुपर्छ भन्ने भट्टराईको अडान छ त्यसैको लागि उहाँले वातावरण बनाइरहनु भएको साँचो हो ।’ नयाँ शक्ति निर्माणमा बाबुराम कति हतार देखिएका छन् भने, कुनैबेला सिद्धान्तहीन र तेस्रो लिंगी भनेर आफैले आरोप लगाएको नेकपा एमालेलाई नयाँ शक्तिमा रुपान्तरण गर्न आग्रहगर्दै ट्वीट गर्न भ्याए । यो कुरा भट्टराईले अध्यक्ष दाहाललगायत सँग पनि खुलेर गरेका छन् –सकिन्छ परिवर्तन हौँ होइन भने हामी जान्छौँ ।

त्यसैले दाहालले कार्वाही गरेनन्

भट्टराईले कुनै पनि बेला पार्टी फुटाएर जान्छन् भन्ने कुरा दाहाल पक्षले नबुझेको होइन । भट्टराईको चाहना पनि कार्वाही होस् र दाहाललाई दोस देखाएर नयाँ बाटो तर्फ लाग्न पाईयोस् भन्ने हो । दाहालले त्यहि बुझेर नै उनमाथि कार्वाहीको हिम्मत गरेका छ्रैनन, सकेसम्म लचक देखिन खोजिरहेका छन् ।

फुटको दोस आफूलाई नलागोस् भन्नेमा दाहाल सतर्क देखिन्छन । दाहालको बाध्यता बुझेका भट्टराई त्यसैको फाईदा उठाउदै देश भरी आफ्नो समुहका कार्याकर्तामाझ खुलेर लागेका छन् । कार्यकर्ताको संरक्षण गर्ने आरोप बाट मुक्त हुने अवसर सदुपयोग गर्दै भट्टराई पक्षले संस्थापन पक्षले पेलेको नाममा समानान्तर कमिटि बनाउने काम सुरु गरिसकेका छन् । परिणाम स्वरुप सिन्धुली, मकवानपुर, पर्वत, बाँके, डोटी लगायतको क्षेत्रमा भट्टराई पक्षका छुट्टै कमिटि बनिसकेका छन, जुन कुरा अध्यक्ष दाहाललाई पचेको छैन । त्यसैले २२ असारको स्थायी समितिका सदस्यहरूको उपस्थितिमा भएको अनौपचारिक बैठकमा समानान्तर कमिटि भंग गर्न दाहालले भने । भलै त्यो प्रस्तावलाई भट्टराईले लत्ताइदिए ।

संविधानलाई पखर्ने, महाधिशेनलाई अवसर पार्ने

दाहाल–भट्टराई सहकार्य त्यती लामो टिक्ने छैन भन्ने कुरा माओवादीका तल्लो तहका कार्यकर्ताले समेत बुझिसकेका छन् । छुट्टिने मिति चाँही दुवैको चाहना अनुसार जुराईदै छ, संविधान जारी भएपछि । अध्यक्ष दाहाल निकट एक नेताका अनुसार संविधान जारी गर्दासम्म भट्टराई एमाओवादी नछाडुन भन्ने दाहालको इच्छा छ । भट्टराईको भित्रि मक्सद पनि त्यही, संविधान जारी गरेको श्रेय सहित नयाँ शक्तिको श्रीगणेश गर्ने । ‘संविधान जारी होस् भन्ने हामी चाहन्छौँ यसका लागि फुटेर भन्दा जुटेर जाँदा थप सजिलो गरी संविधान आउन सक्छ भन्ने हाम्रो बुझाई हो’, भट्टराई पक्षीय नेता पौडेल भन्छन् ।

यसै बिचमा महाधिवेशन गर्नुपर्ने माग भट्टराई पक्षको छ । महाधिवेशनमा आफूले भनेको जस्तो बिचार र नेतृत्व भए मान्ने नत्र त्यसलाई छुट्टीने औपचारिक थलो बनाउने सोच भट्टराई पक्षको छ । नेता पौडेल भन्छन् ‘हामीले दुवै पक्षबाट समानान्तर रुपमा छलफल चलाएर महाधिवशेनसम्म पुग्छौँ त्यसमा सहमति भएन भने त स्वाभाविक रूपमा सँगै बस्ने कुरा हुँदैन ।’

भट्टराईको पार्टी गैर–कम्युनिष्ट

भट्टराईले ल्याएको नयाँ शक्तिको शव्दप्रति कतिपय ‘सहरिया बुद्धिजीबि’को रूची छ । पृष्ठभूमि फरक भए पनि अवकास पछिको फूसर्दमा राजनीति गर्ने महत्वकांक्षा बोकेको एउटा जमात भट्टराईको नयाँ शक्तिको ब्यग्र प्रतिक्षामा छ । ‘तपाईले एमाओवादीबाट फुटेर अर्को माओवादी बनाउन खोज्नु भएको हो भने हामी सहयोग गर्न सक्दैनौँ’, नयाँ शक्तिको बारेमा छलफल गर्दा भट्टराईलाई एक व्यक्तिले भने । त्यसमा प्रष्ट पार्दै भट्टराईले भने, ‘बिल्कुल होइन, अब कम्युनिष्ट आवरणमा नयाँ शक्ति चल्दैन हामी तपाईहरू जस्ता व्यक्तिसहितको शक्ति निर्वाण गर्ने हो त्यसका लािग पार्टी चाहिन्छ जुन पार्टी पूर्णत आर्थिक बिकास र मुलुकको समृद्धिसँग जोडिको हुन्छ, कुनै कम्युनिष्ट बिचार वा वाद बोकेको होइन ।’

नयाँ शक्ति निर्माणको अभियानमा जुटिसकेको बताउने भट्टराई अहिले नियमित जस्तो फरक–फरक क्षेत्रका व्यक्तिहरूसँगको छलफलमा व्यस्त हुने गरेका छन् । ‘अहिले भएकालाई ‘इन्टाक्ट’ राख्ने र बाँकी सबै पक्षकालाई समेट्ने योजना छ’, भट्टराई निकट नेताको भनाई छ ।


  •  
  •  
  •