दादुराको प्रकोपले कम्तीमा १४ जनाको मृत्यु

503
  •  
  •  
  •  

किभ(सिन्ह्वा) : युक्रेनमा दादुराको प्रकोपको कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ ।  यस रोगबाट ३२ हजार भन्दा बढी व्यक्ति प्रभावित भएका छन् ।

युक्रेनको स्वास्थ्य मन्त्रालयका अनुसार तीन महिना यता सो संख्यामा मृत्यु भएको हो ।  सन् २०१८ को डिसेम्बर २८ बाट सन् २०१९ को मार्च १२ सम्म १८ हजार १ सय ९ जना बालबालिकासहित ३२ हजार ९ सय ३९ व्यक्ति दादुराबाट प्रभावित सो मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

गत वर्ष युक्रेनभरी ३५ हजार १ सय २० व्यक्ति दादुरा रोगबाट प्रभावित भएका थिए । यद्यपी सन् २०१७ मा ४ हजार ७ सय ८२ व्यक्ति मात्र यो रोगबाट प्रभावित भएका थिए ।

विश्वमा नै दादुराबाट प्रभावित व्यक्तिको सङ्ख्या भीषण रुपमा बढेको युनिसेभले जानकारी दिएको छ । सन् २०१७ बाट हालसम्म युक्रेनमा दादुराबाट करिब ३५ व्यक्तिको मृत्यु भएको बताइएको छ ।

यस रोगबाट बचाउ गर्ने उपाय कम मात्र अपनाइएको हुनाले रोग फैलिदै गएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।


  •  
  •  
  •