काठमाडौंमा साइकल सरर…

147
  •  
  •  
  •  

CYCLE LAINcycling 01

तपाईं सहर भन्नेबित्तिकै कस्तो कल्पना गर्नुहुन्छ ? बाक्लो बस्ती, ठुल्ठूला भवन, उद्योगधन्दा, कलकारखाना, धेरै सवारीसाधन, त्यसले निकाल्ने धुवाँ, धुलो, फोहोर, कर्कस आवाज आदि इत्यादि । तर, केही तन्नेरीहरू काठमाडौंलाई कोलाहलमुक्त सहर बनाउने सपना बुनिरहेका छन् । त्यो सपना पूरा गर्ने योजना पनि छ उनीहरूसँग, जसलाई उनीहरूले काठमाडौं साइकल सिटी २०२० नाम दिएका छन् ।

युनिभर्सिटीमा साप्ताहिक रूपमा हुने ‘कोसिस’ अभियानमा कुरा उठ्यो– नेपाललाई कसरी स्वावलम्बी बनाउने ? त्यतिबेला पेट्रोलियम पदार्थको अभावले समस्या भोगिरहेका युवाले जवाफ सुझाए, “यातायातको समस्या हल गर्न साइकल उत्तम विकल्प हुनसक्छ ।” यही बिन्दुबाट सुरु भएको साइकलको सन्दर्भले सन् २००९ मा अभियानकै रूप लियो र सुरु भयो– काठमाडौं साइकल सिटी २०२० ।अभियानको नेतृत्व गरिरहेकी छन्, काठमाडौं विश्वविद्यालय वातावरण विज्ञानकी विद्यार्थी समृद्धि ढकालले ।

अभियानबारे गफिँदै क्याफेसँग उनले भनिन्, “हाम्रो उद्देश्य अरु सवारी साधनलाई निषेध गर्ने भन्ने होइन, राजधानीलाई साइकलमैत्री बनाउने र धेरैलाई साइकल चढ्न प्रेरित गर्ने हो ।”अभियानकर्मीहरू वातावरण जोगाउनका लागि साइकलको प्रयोग बढाउन लागिपरेका छन् । उनीहरू राजधानीलाई साइकलमैत्री बनाउन चाहन्छन् । यो अभियानमा साथ दिएको छ, प्रकृति तथा वन्यजन्तु संरक्षण कोषले । अभियानमा विभिन्न कलेजका १२ जना सदस्य सहभागी छन् ।

त्यस्तै ७ सयभन्दा बढी साइकलयात्री यो अभियानमा जोडिइसकेका छन् । अभियानका प्रवक्ता शैल श्रेष्ठले नेपाल भौगोलिक रूपमा साइकलमैत्री भएकोले साइक्लिङको प्रशस्त सम्भावना रहेको बताए । “तराईको समथर भूमि साइकलका लागि उपयुक्त छ, नेपालका पहाडी उपत्यका साहसी साइकल यात्राका लागि आकर्षक गन्तव्य हुन् पनि,” उनी भन्छन् ।अहिले साइकल यात्रा पर्यटकका लागि साहसिक खेलका रूपमा विकास भइरहेको छ ।

राजधानीलाई साइकलमैत्री बनाउनसके पर्यटकका लागि नयाँ गन्तव्य बन्नसक्ने उनीहरूको विशवास छ । “हाम्रो उद्देश्य छोटो दूरीको यात्रा र वातावरण जोगिने पनि भएकाले साइक्लिङको फाइदा धेरै छ,” ढकाल भन्छिन् ।काठमाडौंबासीलाई अभियानमा सहभागी बनाउने योजना सुनाए उनीहरूले । खासगरी युवा पुस्तालाई अभियानले लक्षित गरेको छ । अभियानकर्मीहरूले एक स्वरमा भने, “उहाँहरूलाई विभिन्न तालिम तथा अभियानमा सहभागी गराई तथा साइकल आफ्नो पहिलो यातायातको साधन हो भन्ने भन्ने पार्न हाम्रो अभियान उद्यत छ ।”

यही मसिनो दुईपाङ्ग्रे सवारीलाई काठमाडौंबासीले आफ्नो यात्राको पहिलो साधन बनाऊन् भन्ने चाहना अभियानको लक्ष्य छ । “राजधानीलाई सन् २०२० सम्ममा साइकल सिटीको रूपमा विकास गर्नु हाम्रो उद्देश्य हो,” ढकाल भन्छिन् ।यो अभियान सन् २००९ जुन ५ विश्व वातावरण दिवसका दिनदेखि सुरु भएको हो । अभियानले काठमाडौंको बढ्दो जनघनत्वलाई कम गर्ने योजना लिएको छ ।

काठमाडौं अहिले एसियामा बढी जनघनत्व भएको सहरको रूपमा छ । अभियानलाई साइकल सिटी नेटवर्क नेपालले संयोजन गर्नेछ । संयोजक ढकालले नेटवर्क दर्ता गर्ने तयारीमा जुटिरहेका बताइन् । यो नेटवर्कमा काठमाडौं, त्रिभुवन र पोखरा विश्वविद्यालयका विद्यार्थीको सहभागिता रहनेछ । साइकल अभियानका लागि भौतिक पूर्वाधारमा सहयोग गर्न नेपाल सरकारले चीन सरकारसँग आग्रह गरिसकेको छ । “एसियाली विकास बैंकबाट सहरी क्षेत्रमा अभियानलाई सहयोग गर्न सहयोग गर्ने प्रतिबद्धतासहितको इमेल प्राप्त भएको छ,” उत्साहित हुँदै ढकालले सुनाइन् ।

यो महत्वाकांक्षी योजना वातावरणमैत्री राजधानी निर्माण र केही वर्षमा काठमाडौंमा साइकलका लागि पूर्वाधार, तालिम र साइक्लिङमा सहभागिता बढाउनका लागि अघि सारिएको हो । साइकल सिटीको सपना बुन्नेहरूको एउटै उद्देश्य छ– उनीहरू काठमाडौंमा पेट्रोलियम पदार्थबाट सञ्चालित सवारी साधनभन्दा धेरै सडकमा साइकलको संख्या देख्न चाहन्छन् । जो अहिले छोटो दूरीमा मोटरबाइक र निजी सवारीमा सवार हुन्छन्, उनीहरूलाई साइकलमा या पैदलै हिँडाउने अभियानको उद्देश्य छ । १० वर्षसम्म यो महत्वाकांक्षी अभियानको प्रचारप्रसारले साइकल चढ्नेको संख्या बढाउनेमात्र होइन, सुरक्षित साइकल यात्राका लागि आवश्यक पूर्वाधारको समेत विकास हुनेछ ।राजधानीमा मात्रै दैनिक ८ लाखभन्दा बढी सवारी हुइँकिन्छन् । प्रतिसवारी कम्तीमा २ पाउन्ड धुवाँ उत्पादन हुँदा पनि दैनिक १६ लाख पाउन्ड धुवाँ उत्पादन भइरहेको हुन्छ । काठमाडौं साइकल सिटी २०२० का राजदूतका रूपमा विश्व साइकलयात्री पुष्कर शाह क्रियाशील छन् ।

उनलाई विश्वास छ– यो अभियानले कुनै न कुनै समय सार्थकता अवश्य पाउनेछ । भन्छन्, “सबैमा चेतना जगाउनुपर्छ, हामी काठमाडौंलाई साइकल सिटीका रूपमा अवश्य विकास गर्न सक्छौं ।” अभियानले काठमाडौंका बासिन्दालाई पनि सहभागी बनाउने योजना बनाएको छ । खासगरी युवा पुस्तालाई सहभागी गराउन यसका सदस्यहरू लागिपरेका छन् । उनीहरूलाई विभिन्न तालिम तथा अभियानमा सहभागी गराई साइकललाई आफ्नो पहिलो यातायात साधन बनाउने योजना उनीहरू पालेका छन् । त्यही भएर विश्व साइकलयात्री पुष्करलाई अभियानको सद्भावना दूत बनाइएको छ । “काठमाडौंमा यात्राको पहिलो रोजाइ साइकल बनोस् भन्ने हाम्रो लक्ष्य हो,” प्रवक्ता श्रेष्ठ भन्छन्, “राजधानीलाई सन् २०२० सम्ममा साइकल सिटीको रूपमा विकास गर्न हामी लागिपरेका छौं ।”यो अभियान सन् २००९ जुन ५ विश्व वातावरण दिवसका दिनदेखि सुरु भएको हो ।

अभियानलाई साइकल सिटी नेटवर्क नेपालले संयोजन गर्नेछ । यो नेटवर्कमा काठमाडौं, त्रिभुवन र पोखरा विश्वविद्यालयका विद्यार्थीको सहभागिता छ ।“नेपाल सरकारले चीन सरकारसँग साइकल अभियानलाई सहयोग गर्नका लागि भौतिक पूर्वाधारमा सहयोग गरिदिन आग्रह गरेको छ,” उत्साहित हुँदै ढकाल सुनाउँछिन्, “एसियाली विकास बैंकले सहरी क्षेत्रमा अभियानलाई सहयोग गर्ने वाचासहितको इमेल पठाएको छ ।”काठमाडौं महानगरपालिकाले सन् २००९ मा भेलो मोडियल चार्टरमा हस्ताक्षर गरिसकेकाले साइकलको लेन निर्माण, स्ट्यान्डको विकासमा सहयोग पुग्ने ढकालको आशा छ ।


  •  
  •  
  •