साइबर आक्रमण गर्दै २ अर्ब अमेरिकी डलर चोरी

270
  •  
  •  
  •  

एजेन्सी । उत्तर कोरियाले आणविक हतियार निर्माण गर्न साइबर आक्रमण गर्दै २ अर्ब अमेरिकी डलर रकम चोरेको पाइएको छ ।

संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको छ ।  बीबीसीले जनाए अनुसार राष्ट्रसंघले जारी गरेको सो प्रतिवेदनमा आणविक हतियार निर्माणका लागि उत्तर कोरियाले विभिन्न बैंक र क्रिप्टो करेन्सी एक्सचेन्जमार्फत रकम चोरेको उल्लेख छ ।

संयुक्त राष्ट्रसंघले त्यस्ता ३५ वटा साइबर आक्रमणमा बारेमा अध्ययन गरिरहेको बताइएको छ ।
मंगलवार मात्रै उत्तर कोरियाले मध्यम दुरीका दुई क्षेप्यास्त्र प्रहार गरेको थियो । सर्वोच्च नेता किम जोङ उनको प्रत्यक्ष निगरानीमा क्षेप्यास्त्र प्रक्षेपण गरिएको बताइएको छ ।

उत्तर कोरियाली समाचार संस्थाले देशको पूर्वी भागमा रहेको प्रक्षेपणस्थलबाट दुईवटा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । गएको दुई हप्तामा उत्तर कोरियाले चौथोपटक क्षेप्यास्त्र प्रहार गरेको हो ।

उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण


  •  
  •  
  •