करेन्ट लागेर दुई जनाको मृत्यु, एक घाइते

123
  •  
  •  
  •  

पर्वत । पर्वतको महाशिला गाउँपालिका–४ पाखापानीमा करेण्ट लागेर दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

प्रतिकात्मक तस्बिर

शुक्रबार बिहान १० बजे विद्युत पोल गाड्ने क्रममा करेण्ट लाग्दा स्थानीय २७ वर्षीय केशबहादुर क्षेत्री र ३० वर्षीय सुरेन्द्रबहादुर क्षेत्रीको घटना स्थलमा नै मृत्यु भएको छ ।

यस्तै करेन्ट लागेर स्थानीय भरत क्षेत्री घाइते भएका छन् ।  महाशिला गाउँपालिका–४ पाखापानीमा फलामे पोल गाड्ने क्रममा उनीहरुलाई करेण्ट लागेको हो ।

महाशिला गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीले दिएको जानकारी अनुसार फलामे पोल गाड्ने क्रममा विद्युत प्रवाह भइरहेको लाइन पोलले छोएपछि उनीहरुलाई करेण्ट लागेको हो । घाइते भरत क्षेत्रीलाई उपचारका लागि लुंखु प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जनाइएको छ ।

पाखापानी सामुदायिक विद्युत उपभोक्ता समितिमार्फत युवाहरु पोल गाड्ने काममा सक्रिय भएका थिए । महाशिला गाउँपालिकाले पछिल्लो समयमा गाउँपालिकाका सवै काठका पोलहरु हटाएर फलामे पोल गाड्ने अभियान सञ्चालन गरेको थियो ।


  •  
  •  
  •