ट्रकले हाइटेन्सन लाइनमा छुँदा दुई जनाको मृत्यु, दुई घाइते

302
  •  
  •  
  •  

मकवानपुर, १३ जेठ(ओएनएस) : मकवानपुर इन्द्रसरोवर गाउँपालिका–३ कोगटेमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

बागमती हाइड्रोपावरका लागि विद्युतीय साम्रगी बोकेर आयोजनास्थलतर्फ जाँदै गरेको ना ४ ख ९३२६ नम्बरको ट्रकले हाइटेन्सन लाइनमा छुँदा ट्रकमा सवार दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार मृत्यु हुनेमा सिन्धुलीको तीनपाटन गाउँपालिका ९ का दिलबहादुर मगर र नुवाकोट जिल्ला बेलकोटगढी ७ का ३५ वर्षीय विशाल तामाङ रहेका छन् ।
करेन्ट लागेर घाइते भएका दुई जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।


  •  
  •  
  •