गौरमा लगाईएको कर्फ्यू ४ घण्टा फुकुवा

290
  •  
  •  
  •  

रौतहट, ६ पुस(ओएनएस) : रौतहटको सदरमुकाम गौरमा स्थानीय प्रशासनले लगाएको कर्फ्यु आज बिहान ६ बजेदेखी १० बजेसम्मकालागि हटाएको छ ।

आइतबार आन्दोलकारी र प्रहरीबीच भएको भिडन्तका क्रममा प्रहरीको गोली लागी एक आन्दोलनकारीको मृत्यु भएपछि स्थानीय प्रशासनले अनिश्चितकालका लागि कर्फ्यु लगाएको थियो । प्रहरीको गोली लागी तेजापाकड–१ बस्ने १८ वर्षिय शेष तरवेजको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले इतबार ४ बजे देखि अनिश्चितकालको लागि कर्फ्यु लगाएको थियो ।

शनिबार विद्यार्थी नेता ललन यादव पक्राउ परेपछि उत्पन्न तनावका कारण आइतबार उक्त घटना भएको हो । आइतबार प्रहरीसंगको झडपमा एक दर्जन आन्दोलनकारी र आन्दोलनकारीको ढुङ्गा प्रहारबाट प्रहरी निरिक्षक प्रताप पौडेल र वीरेन्द्र पासवान सहित २१ प्रहरी घाईते भएको प्रहरी नायब उपरिक्षक राजेन्द्र पोखरेलले बताए ।


  •  
  •  
  •