रौतहटमा फेरि तनाव, अनिश्चितकालीन कर्फ्यू

168
  •  
  •  
  •  

काठमाडौँ, ६ पुस(ओएनएस) : जिल्ला प्रशासन कार्यालय रौतहटले सोमबार बिहान साढे १० बजेदेखि पुनः कर्फ्यू लगाएको छ । सदरमुकाम गौरमा हिजो एक प्रदर्शनकारीको मृत्यु भएपछि स्थानीय प्रशासनले आइतबार अपरान्ह ४ बजेदेखि सोमबार बिहान ६ बजेसम्म कर्फ्यू लगाएको थियो ।

बिहान ६ बजेदेखि १० बजेसम्म कर्फ्यू हटाइएको थियो । कर्फ्यू हटेलगत्तै प्रदर्शनमा उत्रिएका मोर्चाका कार्यकर्ताहरुले प्रहरी चौकीहरुमा आक्रमण गर्न थालेपछि सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो । प्रदर्शनकारीले ठाउँ ठाउँमा टायर बालेर सडक अवरुद्ध पारेका थिए । रौतहटमा विद्यालयहरु पनि फेरि बन्द गराइएको छ ।


  •  
  •  
  •