वीरगञ्जमा अनिश्चितकालिन कर्फ्यु, १ भारतीय नागरिकको मृत्यु

182
  •  
  •  
  •  

वीरगञ्ज, १६ कात्तिक(ओएनएस) : वीरगञ्जमा स्थिति तनावग्रस्त भएपछि स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यु लगाएको छ । स्थानीय प्रशासनले अपरान्ह ३ बजेबाट मितेरी पुलदेखी भारतीय सीमा क्षेत्रसम्म कर्फ्यु लगाएको हो ।

आज बिहान प्रदर्शनकारीलाई लखेटेर भारतीय गाडीहरू भारततर्फ पठाएपछि सुरू भएको तनावको स्थितिले उग्र रूप लिँदै गएपछि कर्फ्यु आदेश जारी गरिएको हो ।

प्रदर्शनकारी र प्रदर्शनकारीबीच भएको झडपका क्रममा शंकराचार्य गेट क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।

मृत्यु हुने भारतीय नागरिकमा आशिषकुमार रामको रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले दुई भारतीय नागरिकसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

वीरगन्जको सीमा क्षेत्रमा प्रहरी माथी व्यापक मात्रामा ढुंगामुढा भएपछि प्रहरीले दर्जनौं राउन्ड अश्रु ग्याँस र गोली प्रहार गरेको हाे । प्रहरी अहिले पछाडी हटेर सीमा सुरक्षा पोष्ट नजिक आइपुगेका छन् ।


  •  
  •  
  •