गौर तनावग्रस्त, २ बजेदेखी अनिश्चितकालिन कर्फ्यू

359
  •  
  •  
  •  

gaurरौतहट, २१ चैत(ओएनएस) : रौतहटको सदरमुकाम गौर फेरी तनावग्रस्त भएको छ । सशस्त्र प्रहरीको गाडीले कर्फ्यूको समयमा ठक्कर दिएपछि एक स्थानियबासीको मृत्यु भएपछि त्यहाँको स्थिति थप तनावग्रस्त भएको हो ।

सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडप हुँदा भिडलाई तितरबितर पार्नका लागि सयौ राउण्ड अश्रुग्यास र रबरको गोली प्रहार गरिएको छ । स्थिति नियन्त्रणभन्दा बाहिर जान सक्ने अवस्था देखिएपछि स्थानीय प्रशासनले २ बजेदेखी अनिश्चितकालिन कर्फ्यूको आदेश जारी गरेको छ । स्थानीय प्रशासनले विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेपनि आन्दोलनकारीहरूले त्यसको अवज्ञा गर्दै विरोध प्रदर्शनका साथै सुरक्षाकर्मीमाथि ढुङ्गामुढा गर्न थालेका थिए ।

यसैबीच, टिकुलियाघाटबाट गौर आउँदै गरेको नेपाल प्रहरीको ना.२.झ ५८२ नम्बरको गाडी आन्दोलनकारीले जलाईदिएका छन् । आन्दोलनकारीले बिहान मृत्यु भएका रामअशिष ठाकुरलाई शहिद घोषणा, चन्द्रनिगाहपुरमा भएका केही सरकारी कार्यालय सदरमुकाम गौरमा सानु पर्ने घट्नाको न्यायीक छानविन तथा उचित क्षतिपुर्तिको माग गर्दै आन्दोलन चर्काएका छन् ।


  •  
  •  
  •