सटिइभिटी र उच्च माध्यामिक शिक्षा परिषदमा अख्तियारको छापा

656
  •  
  •  
  •  

काठमाडौं, ८ भदौ (ओएनएस) : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र उच्च माध्यामिक शिक्षा परिषद्मा छापा मारेको छ । कार्यालयमा छापा मारी पाँच वर्षदेखिको फाइल कब्जामा लिएको छ । अख्तियारका प्रहरी नायब उपरीक्षक रविराज खड्काको नेतृत्वमा पुगेको ३० जनाको टोलीले छापा मारेको अख्तियारले निकालेको विज्ञप्तीमा उल्लेख छ ।
अख्तियारको टोलीले उच्च माध्यामिक शिक्षा परिषद्बाट सम्बन्धन महाशाखा, परीक्षा नियन्त्रण कार्यालय, प्रशासन, लेखालगायतका विभिन्न महाशाखामा छापा मारेर पाँच वर्षदेखिको फाइल कब्जामा लिएको हो । त्यसैगरी टोलीले सिटिइभिटीको सम्बन्धन महाशाखा, परीक्षा नियन्त्रण कार्यालय, प्राविधिक महाशाखा, स्तर निर्धारण महाशाखालगायतका विभिन्न ११ वटा शाखाको फाइल कब्जामा लिएको छ ।


  •  
  •  
  •