मिस वर्ल्ड प्रतियोगितामा सांगीतिक रौनक

293
  •  
  •  
  •  

काठमाडौ, २९ मंसिर(एजेन्सी) : दक्षिण अफ्रिकाकी सुन्दरी रोलिन स्ट्रासले यस वर्षको विश्व सुन्दरीको उपाधी जितेकी छिन् । लण्डनमा भएको प्रतियोगितामा हंगेरीकी सुन्दरी एदिना कुलसर फष्ट रनर अप र अमेरिकी सुन्दरी एलिजाबेथ सैफरिट सेकेण्ड रनरअप भएका छन् ।

स्ट्रासले १ सय २५ देशका सुन्दरीहरुलाई पछि पार्दै मिस वर्ल्डको उपाधी जितेकी हुन् । तपाई किन विश्व सुन्दरी बन्न चाहनुहुन्छ भन्ने प्रश्नको उत्कृष्ट उत्तर दिएपछि उनलाई मिस वर्ल्डको उपाधी दिइएको हो ।

मिस वर्ल्ड प्रतियोगितामा प्रतियोगिता मात्र नभएर सांगीतिक कार्यक्रमहरू पनि भएका थिए । यसमा विभिन्न देशका कलाकारहरूले आफ्नो देशको संस्कृति झल्काउने खालका प्रस्तुति गरेका थिए । साथै केहि चर्चित गायक गायीकाहरुले पनि आफ्ना गीतहरु प्रस्तुत गरेर उपस्थित तथा टेलिभिजनबाट लाइभ हरिरहेका दर्शकहरूलाई मनोरञ्जन दिएका थिए ।

हेरौ उक्त सांगीतिक तथा सांस्कृतिक रौनकका केही दृश्यहरू…

programs at miss world programs at miss world1 programs at miss world2 programs at miss world3 programs at miss world4 programs at miss world5


  •  
  •  
  •