सीटीईभीटीमा अनिश्चितकालीन हड्ताल गर्ने चेतावनी

191
  •  
  •  
  •  

काठमाडौं, ४ बैशाख (ओएनएस)  :  नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वमा रहेको नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्राविधिक शिक्षा तथा व्यवसायीक तालिक परिषद् (सीटीईभीटी) ले गरेको शुल्कवृद्धि खारेजी तथा मापदण्ड विपरीत कलेजलाज्ञ सम्वन्धन दिन नहुनेलगायतका माग राख्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य छबि थापाले दिएको जानकारीअनुसार क्रान्तिकारीले मापदण्ड विपरीत सम्वन्धन दिन नहुने लगायतका माग राखी ज्ञापनपत्र बुझाउने, घेराउ गर्ने, ध्यान आर्कषण गराउने लगायतका शान्तिपूर्ण संयमित आन्दोलनका विभिन्न रुपहरु अपनाई सकिएकोले अब कडा खालका संघर्षका कार्यक्रम लिएर जाने निर्णय भएको छ ।

संघर्षका कार्यक्रमहरुमा वैशाख ३ गते क्षेत्रीय कार्यलयमा तालावन्दी गर्ने वैशाख ४ गते सीटीइभीटीमा मा कालो झण्डा गाड्ने, वैशाख ५ गते सवै कलेजहरुका लेखा शाखामा तालवन्दी गर्ने, वैशाख ६ गते देखि प्रतिरोध संघर्ष गर्ने छन् ।  त्यस्तै सम्बन्धित पक्षले मागको सम्बोधन नगरेको खण्डमा वैशाख १० गते देखि सीटीईभीटीका शैक्षिक संस्थाहरुमा अनिश्चित कालीन हड्ताल गर्ने कार्यक्रम समेत रहेको छ ।

क्रान्तिकारीद्वारा जारी गरिएको बिज्ञप्तिमा भनिएको छ, ‘शिक्षा क्षेत्रको आमुल परिवर्तन गर्नु जनताको चाहनासँगै आजको देशको आवश्यकता पनि हो । तर, जिम्मेवारीमा बसेका निकायहरुको गैर जिम्मेवारीपन र लाचारीपनले आज देशको शिक्षा क्षेत्र विकृति र विसंगतिको खाल्डोमा भासिन पुगेको छ ।’

संविधानतः शिक्षा नागरिकको नैसर्गिक अधिकार र राज्यको दायित्व हुनेछ भन्ने विषय उल्लेख गर्ने तर व्यवहारिक कार्यन्वयनमा लिदा नाफामुखी व्यपारको रुपमा संचालन गर्ने, आधारभुत जनताको पहुँचबाट प्राविधिक शिक्षा टाढा राख्ने, कार्य भैरहेकोले आन्दोलनको घोषणा गरेको क्रान्तिकारीले जनाएको छ ।

गलत नियत र आर्थिक चलखेलका कारण विद्याथीको शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्ने, भौतिक पूर्वाधारको व्यवस्थापन गर्नुपर्ने, सहजढंगबाट प्राविधिक शिक्षामा जनताको पहुँच गराउने विषय ओझेलमा परेका पनि क्रान्तिकारीले उल्लेख गरेको छ ।

CTEVT


  •  
  •  
  •