आईपिएलमा चेन्नई सुपर किङ्ग्सको ह्याट्रिक

216
  •  
  •  
  •  

Pepsi IPL 2015 - M12 MI v CSKकाठमाडौ, ५ बैशाख(एजेन्सी) : इण्डियन प्रिमियर लिग(आईपिएल)मा चेन्नई सुपर किङग्सले जितको ह्याट्रिक गरेको छ । गयराती सम्पन्न खेलमा मुम्बई इण्डियन्सलाई ६ विकेटले पराजित गर्दै जितको ह्रयाट्रिक गरेको हो । जितसँगै चेन्नई सुपर किङ्ग्स ६ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा आफूलाई कायम राखेको छ भने मुम्बई लगातार चौथो हारपछि अंकतालिकाको पुछारमा कायमै रहेको छ ।

१ सय ८४ रनको विजय लक्ष्य पछ्याएको चेन्नईले २० बल बाँकी रहँदै ४ विकेट गुमाएर उक्त लक्ष्य भेट्टाएको थियो । उसका लागि प्रारम्भिक ब्याटस्म्यान ड्वेन स्मिथ र ब्राण्डम म्याकुलमले बिस्फोटक ब्याटिङ गर्दै टोलीलाई सहज जित नजिक पुर्याएका थिए । पहिलो विकेटका लागि १ सय ९ रनको साझेदारी गरेका ड्वेन स्मिथले ३० बलमा ६२ रन र म्याकुलमले २० बलमा ४६ रन जोडेका थिए । यस्तै, तेस्रो नम्बरमा आएका सुरेश रैना अविजित रहँदा २९ बलको सामना गर्दै ४३ रन जोडेका थिए । यता मुम्बईका लागि हरभजन सिंहले २ विकेट लिएका थिए भने मलिंगा र किरन पोलार्डले समान १-१ विकेट लिएका थिए ।

यसअघि ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरको खेलमा किरन पोलार्डले ३० बलमा ६४ रन जोडेका थिए भने कप्तान रोहित शर्माले ३१ बलमा ५०, अम्बाती रायडुले २९ रन र हरभजन सिंहले २४ रन जोडेका थिए । चेन्नईका लागि आशिष नेहराले ३ विकेट लिएका थिए भने ड्वेन ब्राभोले २ विकेट र इश्वर पाण्डे र मोहित शर्माले समान १-१ विकेट लिएका थिए ।

खेलको म्यान अफ दी म्याच आशिष नेहेरा घोषित भएका थिए ।


  •  
  •  
  •