काठमाडौं, २० असाेज (अाेएनएस) : प्रमुखप्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अपराध राेक्न नसक्ने सरकारबाट समृद्धिको आशा कसरी गर्ने भन्ने प्रश्न उब्जिएकाे बताएका छन्। उनले भने,’शान्ति दिन नसक्ने सरकारबाट समृद्धिको आशा गर्न सकिँदैन्। शान्ति सुरक्षा कायम गर्न सरकार पूर्णरुपमा असफल भएको आरोप उनले लगाए ।
काठमाडौंको भोटेबहालमा शनिबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पूर्वउपप्रधानमन्त्री समेत रहेका सिंहले भने, ‘बलात्कार, अपहरण, ब्यक्ति हत्याका अपराधीलाई कारबाहीको दायरामा ल्याउन नसक्ने सरकारबाट अरु कुराको आशा गर्न सकिँदैन ।’
आफूहरुले शान्ति सुव्यवस्था कायम गर्न, महंगी नियन्त्रण गर्न र संघीयता कार्यान्वयनमा गम्भीर हुन सुझाव दिँदासमेत प्रधानमन्त्री केपी शर्मा ओलीबाट हल्का टिप्पणी आउनुले सरकार दुई तिहाइको दम्भ देखाउनमात्र उद्दत रहेको प्रष्ट हुने उनले बताए ।