२५ हजार घुस लिँदालिँदै सरकारी वकिल पक्राउ

323
  •  
  •  
  •  

काठमाडौं, २२ असार (ओएनएस) । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहायक न्यायाधिवक्ता रामबहादुर थापा र नायब सुब्बा केदार अर्यालललाई सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुस लिँदैगर्दा रंगेहात पक्राउ गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाको टोलीले उनीहरुलाई आइतबार १० बजेपछि पक्राउ गरेको हो । उनीहरु दुबै जनालाई अख्तियारले आफ्नो हिरासतमा लिएको छ । उनीहरुमाथि अनुसन्धान गरी विशेष अदालतमा मुद्दा दायर गरिने अख्तियारले जनाएको छ ।


  •  
  •  
  •