‘भ्रष्टाचारी साना र ठूला हुँदैनन्, दुई रुपैयाँ भ्रष्टाचार गर्ने पनि भ्रष्टाचारी नै हुन्’

441
  •  
  •  
  •  

काठमाडौं, ५ असाेज (ओएनएस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त नवीनकुमार घिमिरेले दुई रुपैयाँ भ्रष्टाचार गर्ने पनि भ्रष्टाचारी कै बिल्ला लाग्ने बताएका छन‍्। उनले भ्रष्टाचारी साना र ठूला नहुने भएकाले सबैलाई कानूनअनुसार कारवाहीको दायरामा ल्याउने बताए।

‘करोडौँ खाने त भ्रष्टाचारी हुन् नइ, दुई रुपैयाँ भ्रष्टाचार गर्ने पनि भ्रष्टाचारी नै हुन्।’ उनले भने’ भ्रष्टाचार गर्ने जो कोहीलाई पनि कानूनी दायरामा ल्याउन आयोग प्रतिबद्ध छ ।’

आयोग कार्यालय टङ्गालमा बिहिबार पदबहालीपछि उनले थप्दै भने,’भ्रष्टाचार एउटा महारोगका रुपमा विकसित भएको छ । यसलाई नियन्त्रणका लागि आयोगले इमान्दार र सकारात्मक पहल गर्नेछु।’संसदीय सुनुवाई समितिले बिहिबार मात्रै प्रमुख आयुक्तमा घिमिरेलाई अनुमोदन गरेको थियो ।


  •  
  •  
  •