शाखा अधिकृत इन्दिरा घुससहित अख्तियारको फन्दामा

407
  •  
  •  
  •  

काठमाडौं, ८ चैत (अाेएनएस) : घरेलु तथा साना उद्योग कार्यालय त्रिपुरेश्वर शाखाकी एक अधिकृतलार्इ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग रंगेहात पक्राउ गरेकाे छ।

शाखाकी अधिकृत इन्दिरा गौतमलार्इ ९ हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारका कर्मचारीले पक्राउ गरेका हुन् ।

काठमाडौंं हिडन ट्रेजर संस्था दर्ताको क्रममा उनले घुस माग गरेपछि निवदेक(पीडित)ले अख्तियारमा उजुरी गरेका थिए।

अख्तियारले साेही उजुरीकाे अाधारमा  शाखा अधिकृत गाैतमलार्इ रंगेहात पक्राउ गरेकाे हाे।

उनीमाथि थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।

उनले अङ्ग्रेजीमा रहेको संस्थाको नाम नेपालीमा बनाइदिने भन्दै घुस लिएको अख्तियार अनुसन्धान आयोगका प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिए।


  •  
  •  
  •