काठमाडौँ, १० फागुन (ओएनएस) : भ्रष्टाचार मुलुक मध्ये नेपाल १ सय २२ औं स्थानमा रहेको छ। भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल दुइ वर्षको अन्तरालमा भ्रष्टाचार देखिएको छ । अघिल्लो दुई वर्षको तुलनामा नेपालले दुई अंक बढी प्राप्त गर्दै ९ स्थानमाथि आएको छ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको १ सय ८० वटा देश समेटिएको प्रतिवेदनले विश्वभर भ्रष्ट्राचार नियन्त्रणका लागि एकदमै न्यून स्तरमा कदम चाल्ने गरिएको भन्दै चिन्ता जनाएको छ । यसअघि सन् २०१६ को प्रतिवेदनमा नेपाल २९ अंक सहित १ सय ३१ औं स्थानमा थियो ।
राजनीति, न्यायमा पहुँच, वित्तिय अनुशासन सहित ६ वटा मापदण्डमा गरिएका अनुसन्धानका आधारमा प्राप्त अंकहरूको औसत निकालेर उक्त सुचकांक तयार पारिने बताइन्छ ।
सन् २०१३ को यस्तै सूचकांकमा नेपाल ३१ अंक सहित १ सय १६ औं स्थानमा रहेको थियो । ट्रान्सपरेन्सी इन्टरनेश्नलले ४० भन्दा कम अंक ल्याउने देशलाई एकदमै भ्रष्ट देशको सूचीमा राख्ने गर्छ ।
सन् २०१७ को सूचकांकमा दक्षिण एशियाली मुलुकहरू मध्ये भुटान ६७ अंक सहित २९ स्थानमा रहेको छ ।
भारत ८५ औं, श्रीलंका ९७ औं र माल्दिभ्स ११८ औं स्थानमा रहेका छन् । नेपाल दुई स्थान तल १२३ औं स्थानमा पाकिस्तान रहेको छ भने बांग्लादेश १४६ औं स्थानमा छ