सुशासनको कमी र भ्रष्टाचार ब्यप्त रहेकोले मुलुक अघि बढ्न नसकेको : प्रचण्ड

333
  •  
  •  
  •  

काठमाडौं, २२ फागुन (अाेएनएस) : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राज्य संरचनामा सुशासनको कमी र भ्रष्टाचार ब्याप्त रहेकोले मुलुक अगाडी बढ्न नसकेको बताएका छन्।

उनले भ्रष्टाचारको जालोलाई अन्त्य नगरेसम्म देश विकास र समृद्धि तिर बढ्न नसक्ने बताए।

संसद बैठकमा दाश्रो दलको हैसियतले संबोधन गर्दै प्रचण्डले राज्य संरचनामा भ्रष्टाचारले जरा गाडेको भन्दै यसलाई अन्त्य नगरेसम्म मुलुक अघि बढ्न नसक्ने स्पष्ट पारे।

उनले भने, ‘सुशासन हामी आफैं भित्रबाट खोज्नुपर्छ, हाम्रो राज्य संरचनाको काम गर्ने प्रवृत्ति बिग्रेको छ,सबैभन्दा ठूलो समस्या भ्रष्टाचार ब्याप्त छ । भ्रष्टाचारी र ठगहरुलाई कसले कसरी अन्त्य गर्ने हो ?’ सरकार त्यतातिर विशेष ध्यान दिनुपर्ने हो।’


  •  
  •  
  •