घरेलु मैदानमा नामिबियालाई चुनौती दिदै नेपाल

260
  •  
  •  
  •  

काठमाडौं ४ बैशाख (ओएनएस) : आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आगामी आज र पर्सी ६ वैशाखमा हुने प्रतियोगितामा सहभागिता जनाउन १७ सदस्यीय टोली आज नेपाल आइसकेको छ । खेल बिहान सवा ९ पछि सुरु हुनेछ । नेपालका लागि नामिबियासँग खेल निकै महत्वपूर्ण मानिएको छ । अघिल्लो चरण प्रवेश गर्न नेपाललाई दुवै खेल जित्नै पर्ने दबाब छ । यदि नेपालले दुवै खेलमा नामिबियालाई पराजित गर्नसके नेपालको शीर्ष ४ भित्र पर्ने सम्भावना बलियो हुनेछ ।

उक्त प्रतियोगितामा सहभागी आठ राष्ट्र टोलीमध्ये शीर्ष चारभित्र पर्ने टोलीले सन् २०१८ मा बङ्गलादेशमा हुने विश्वकप छनोटमा खेल्न पाउने छ । प्रतियोगितामा यसअघि चार खेल खेलको नेपालले चारै खेलमा हार व्यहोर्दै अङ्कविहीन छ भने नामिबियाले दुई अङ्क जोडेको छ ।
नेपाल स्टकल्यान्ड र पपुवा न्युगिनीसँग पराजित भएको थियो ।

नेपाल तीन खेलमा झिनो अन्तरले पराजित गरेको थियो । नामिबियासँग तेस्रो चरणको खेलमा शनिबार र सोमबार खेल्न उत्रदा नेपाल त्यही गल्ती सच्चाउन तल्लिन रहने छ ।

नेपालको विजयको नजिक पुगेर खेल गुमाउन पुगेको थियो । कप्तान पारस खडाको भासामा आफ्नै कारणले गर्दा विपक्षीले नेपालको हातबाट खेल खोसेको थियो । अनिल मण्ड्लको शतकको वावजुद गत वर्ष नेपाल आयरमा स्कटल्यान्डसँग ३ रनले पराजित भएको थियो ।


  •  
  •  
  •