कोरोना आशंकामा २ हजार ३ सय ६६ जनाको नमुना परीक्षण

84
  •  
  •  
  •  

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को आशंकामा नेपालमा हालसम्म २ हजार ३ सय ६६ जनाको नमुना परीक्षण गरिएको छ ।

काठमाडौं राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ हजार ९ सय ६५ र उपत्यका बाहिर ४ सय एक जनाको नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।


मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै नमुना परीक्षण गरेकामध्ये ९ जनामा कोरोनाको पुष्टि भएको र ती मध्ये एक जना उपचार पछि निको भइसकेका जनाएको छ । ८ जनाको अहिले उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी गराए ।

अहिले १ सय ३४ जना आइसोलेशनमा उपचाररत रहेका छन् ।
डा.देवकोटाका अनुसार काठमाडौं उपत्यकामा १२ र उपत्यका बाहिर १ सय २२ जना आइसोलेशनमा उपचाररत छन् । यस्तै देशभरका क्वरेन्टीनमा अहिले ८ हजार ५ सय ८० जना जना रहेका छन् ।

यस्तै कार्यविधि बनाएर देशभरका सबै ठाउँमा कोरोना रोकथामका लागि काम भइरहेको उनले बताए ।

सशस्त्र प्रहरी बलको असपतालमा बिरामीलाई राख्ने तयारी पूरा भएको समेत उनले बताए । कोरोनाको बढी जोखिम रहेका कैलाली, कञ्चनपुर र बाग्लुङबाट १९८ जनाको नमुना संकलन गरिएको छ ।

उनीहरुको स्वाब र र्यापिड किटमार्फत नमुना संकलन गरी परीक्षणका लागि काठमाडौं ल्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैबीच, लकडाउनमा पनि केही ठाउँमा भिडभाड र मेला भइरहेको गुनासो आएकाले संकटको यो बेला भिडभाड नगर्न र नगराउन मन्त्रालयले आग्रह गरेको छ ।

हेर्नुहोस्

Novel Coronavirus (COVID-19) Media Briefing 2076.12.26 #COVID-19

Novel Coronavirus (COVID-19) Media Briefing 2076.12.26#COVID-19

Ministry of Health and Population-Nepal यांनी वर पोस्ट केले बुधवार, ८ एप्रिल, २०२०


  •  
  •  
  •