नापी कार्यालय प्रमुख ५० हजार घुससहित पक्राउ

331
  •  
  •  
  •  

काठमाडौं, २९ चैत (अाेएनएस) : नापी कार्यालय उदयपुरका प्रमुख ५० हजार घुससहित रंगेहात पक्राउ परेकाछन्। कार्यालय प्रमुख श्यामबाबू साहलाई उक्त ५० हजार रुपैयाँ घुससहित आज बिहान करिब ९ बजे पक्राउ परेका हुन्।

साहलाई निवासबाटै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित सम्पर्कका कार्यालयको टोलीले पक्राउ गरेको हो।

प्रमुख साहले सेवाग्राहीसँग काम चाँडै गरिदिने भन्दै घुस मागेपछि सेवाग्राहीले अख्तियारमा उजुरी गरेकाे थिए। अख्तियारकाे टोलीले साहलाई साेही उजुरीकाे अाधारमा पक्राउ गरेको बताएकाे छ।


  •  
  •  
  •