उद्योगी-व्यापारीहरु भ्रष्टाचारलाई प्रश्रय दिइरहेको : मन्त्री यादव

292
  •  
  •  
  •  

काठमाडौं, २४ फागुन (ओएनएस) : उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवले उद्योगी-व्यापारीले भ्रष्टाचारलाई प्रश्रय दिइरहेको बताएका छन्।
आफ्नो काम गराउन उद्योगीहरुले पेश्की दिने गरेको उल्लेख गर्दै मन्त्री यादवले अब कुनैपनि बाहनामा भ्रष्टाचारलाई प्रश्रय नदिइने बताए।  उनले भने,‘पेश्की दिन बन्द गर्नुहोस, गलत काम गराउने तिर नलाग्नु।’
राजधानीको भृकुटीमण्डपमा आयोजित नेपाल अन्तरार्ष्ट्रिय व्यापार मेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकार अब शुन्य भष्ट्राचार सिद्धान्त अपनाएर अगाडी बढ्ने बताए।
अब जनतालाई आश्वासन दिने भन्दा पनि काम गर्ने तर्फ यो सरकार प्रतिबद्ध रहेको उनले बताए।
हिजोका दिनमा भएका गल्तीहरुलाई सच्चिने मौका दिने उल्लेख गर्दै मन्त्री यादवले केही घुस खाएका भए ती मिनाहा हुने तर राष्ट्र नै डुब्ने गरी घुस खाएका भए त्यसमा भने माफी दिन नसक्ने बताए।
मन्त्री यादवले आफू नयाँ नयाँ मन्त्री रहेकोले समस्याहरुबारे बुझाउन उद्योगीलाई आग्रहसमेत गरेका थिए।

  •  
  •  
  •