५ वर्षको प्रेम टुक्रिएपछि रोनाल्डो एक्लै

266
  •  
  •  
  •  

ronaldoकाठमाडौ, २ माघ(एजेन्सी) : स्टार खेलाडी क्रिश्टियानो रोनाल्डो यस वर्ष उत्कृष्ट फुटबलरको रूपमा लगातार तेस्रो पटक घोषित भए । उनी यसको खुसी मनाइरहेका होलान् तर समाचारहरूमा जनाइए अनुसार उनको व्यक्तिगत जीवन भने खुसी छैन् । अर्थात् रोनाल्डो र मोडेल इरिना हायकबीच ब्रेकअप भएको छ ।

पोर्चुगल र स्पेनका सञ्चारमाध्यमहरूका अनुसार रोनाल्डोले इरिनासँगको सम्बन्ध तोडेका छन् । रोनाल्डोले इरिनासँगको सम्बन्ध टुङ्गिएको स्विकार गरेका छन् । उनीहरूबीच ब्रेकअप भएको तबमात्र चर्चा भयो जब इरिनाले आफ्नो ट्विटरबाट रोनाल्डोलाई अनफलो गरिन् । उनले ट्विटरमा मात्र ३३ जनालाई फलो गरेकी थिइन् र उनले गत हप्तामात्र आफ्नो ५ वर्षअघि देखिका प्रेमी रोनाल्डोलाई अनफलो गरेकी थिइन् ।

इरिनाले केहि दिनअघि आफ्नो २९ औ जन्मदिन मनाएकी थिइन् र जन्मदिनको पार्टीका केही तस्विरहरू ट्विटरमा पोष्ट गरेकी थिइन्  । ती तस्विरहरूमा पनि रोनाल्डोको उपस्थिति देखिएको थिएन । यस्तै, रोनाल्डोले उत्कृष्ट फुटबलरको उपाधी जित्ने क्रममा समेत इरिना देखिएकी थिइनन् ।

यता इरिना आफ्नो काम व्यस्त भएको र सोही समयमा फुटबलको उक्त कार्यक्रम भएकाले आफू उपस्थित हुन नसकेको बताएकी छिन् । तर, फिफाले यो कार्यक्रम करीब १ वर्ष अघि नै तय गरेको थियो, जसको जानकारी इरिनालाई समेत थियो । यसअघि उनी रोनाल्डोको हरेक कार्यक्रममा पुग्नका लागि समय मिलाउँथिन् तर, १ वर्षअघि नै तय भएको मितिका लागि उनले समय नपाएको भन्नु पनि उनीहरूबीचको सम्बन्धमा टुक्रिएको बुझ्न सकिन्छ ।

२९ वर्षीय रोनाल्डोले उपाधी हात पार्दा उनी निकै खुसी थिए । उनले तेस्रो पटक उपाधी जितेपछि आफ्नो परिवार र साथीहरूलाई धन्यवाद दिए तर इरिनाको उल्लेख गरेनन् ।


  •  
  •  
  •