सभामुखलाई क्रिष्टियन महासंघको ज्ञापनपत्र

219
  •  
  •  
  •  

cristianकाठमाडौं, २३ कात्तिक (ओएनएस) : नयाँ बन्ने संबिधानमा धर्म निरपेक्षतालाई अपरिवर्तनिय धारामा राखिनु पर्ने मागसहित नेपाल राष्ट्रिय क्रिस्टिय महासंघले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङलाई ज्ञापनपत्र बुझाएको छ ।

४ बुदे ज्ञापनपत्रमा यसअघि महासंघसँग भएका सहमतिहरु कार्यान्वयन गर्न पनि माग गरिएको छ । पत्रमा क्रिस्चियन समुदायको चाड इष्टरको दिन सार्वजनिक विदा दिइनु पर्ने माग छ । ज्ञापनपत्र लिदै नेम्वाङले मागलाई आफुले सरकार समक्ष पेश गर्ने बताए ।

अहिले आफुहरु संविधान निर्माण प्रक्रियामा रहेका कारण नयाँ सविधानमा धर्मनिरपेक्षतालाई अपरिवर्तननिय धारामा राखिनु सहि माग भएका कारण यसका लागी आफुले सक्दो प्रयास गर्ने पनि बताए ।


  •  
  •  
  •