३५ वर्ष पछी फरार अभियुक्त पक्राउ

242
  •  
  •  
  •  

काठमाडौं, १२ माघ (ओएनएस) : आफनै भाईको हत्या गरी फरार भएका एक अभियुक्त ३५ बर्षपछि पक्राउ परेका छन् ।

प्रहरीले ७१ वर्षिया कृष्ण प्रसाद मरासिनीलाई पक्राउ गरेको हो । उनले २०३७ साल श्रवणमा महिनामा ३१ बर्षिया आफ्नै टुल्कु प्रसाद मरासिनीलाइ अर्घाखाची सन्धिखर्क नगरपालिका–१३ अर्घा धरमपानि घरायासी झै झगडा हुँदा कुटपट गरि घाईते बनाएका थिए ।

टुल्कुको उपचारको क्रममा मृत्यु भएपछि कर्तव्य ज्यान सम्बन्धी मुद्दामा मृतकी श्रीमती मनकला मरासिनीको जाहेरी दिएकी थिइन् ।  जाहेरी पश्चात् जिल्ला अदालत अर्घाखाचीको २०४७ जेठ ३१ गते कृष्ण प्रसादलाई २० वर्षको कैद सजाय सुनाएको थियो ।

त्यस यता फरार रहेका कृष्णप्रसाद हाल गुल्मीको रिडीस्थित ऋषिकेश मन्दिरमा केशबराज शर्मा नाम बताई पुजारीको रुपमा लुकिछिपी बसेको प्रहरीले गोप्य सुचना भएको थियो ।

प्रहरीले  माघ ११ गते पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानको लागि कारागार कार्यालय अर्घाखाचीमा चलान गरिएको छ ।


  •  
  •  
  •