भागेको ३० बर्षपछि कैदी पक्राउ

328
  •  
  •  
  •  

महोत्तरी, ४ पुस  (ओएनएस) सर्लाही कारागारबाट भागेका एक कैदीलाई ३० बर्षपछि महोत्तरी सदरमुकाम जलेश्वरबाट पक्राउ गरिएको छ । धनुषाको नक्टाझिझ गाउँ बिकास समिति वडा नम्बर ४ का ७८ बर्षीय उतीम लाल महतो कर्तव्य ज्यान मुद्धामा थनिएको बेला कारागारबाट भागेका थिए ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार सर्लाही प्रहरीले दिएको सूचनाको आधारमा जलेश्वर बजारबाट पक्राउ गरिएको जनाएको छ । प्रहरीले मुद्धा सम्बन्धमा थप बिवरण उपलब्ध गराएको छैन । पक्राउ गरिएका महतोलाई थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पठाइएको छ ।


  •  
  •  
  •