जेठाजुले गरे बुहारीको हत्या 

276
  •  
  •  
  •  

तेह्रथुम, १४ साउन (ओएनएस) : बुहारीको हत्या गरेको अभियोगमा तेह्रथुम सोल्मा­ ८ बस्ने ४५ बर्षीय मन कुमार लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । खानेपानीको बिषयलाई लिएर झगडा हुँदा लिम्बुले मंगलवार आफ्नै  भाई­बुहारी २० बर्षीया ठुली माया लिम्बु र भतिजो १९ बर्षीय बिरेन्द्र लिम्बुलाई छुरा प्रहार गर्दा ठुली माया लिम्बुको घटनास्थलमै मृत्यु भएको थियो ।

घाईते बिरेन्द्र लिम्बुलाई उपचारार्थ प्राथमिक स्वास्थ्य केन्द्र बसन्तपुर लगिएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

यसैबीच, आफ्नै छोराको हत्याको आरोपमा प्रहरीले सप्तरीको बिसहरियाका श्रवण मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।आफ्ना आठ वर्षीय छोराको हत्या गरी फरार भएको आरोपमा मण्डललाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मण्डलले गत बिहीबार आफ्नै आठ वर्षीय छोरा गोविन खङ्गलाई बरही वीरपुर गाविसस्थित घोरदह खोलाको किनारामा लगेर वञ्चरो प्रहार गरी हत्या गरेर फालेको प्रहरीको आरोप छ


  •  
  •  
  •