अरिङ्गाल पोल्ने क्रममा बाग्मतीमा खसेर मृत्यु

470
  •  
  •  
  •  

काठमाडौं, २६ साउन (ओएनएस) :  काठमाडौ महानगरपालिका­९ सिनामंगल मनरासी टोल स्थित बागमति नदीको किनारमा अरिङ्गाल पोल्ने क्रममा बाग्मती नदीमा खसेर एक जनाको मृत्यु भएको छ । उदयपुर मलायाडाँडा­ १ घर भई हाल सिनामंगल चाँदनीटोल बस्ने २९ बर्षीय डि.के.राई को बागमती नदीमा डुबेर मृत्यु भएको हो ।

आइतबार राती बुवा ५८ बर्षीय गणेश राईसंग अरिङ्गालको गोलो पोल्ने गएकोमा छोरा डिकेको रुखबाट बाग्मती नदीमा खसेर बेपत्ता भएका हुन् । खोजतलास गर्ने क्रममा सिनामंगल सुकुम्बासी बस्तीमा रहेको गुह्येश्वरी स्कुल नजिक नदीको किनारमा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

यसैबीच, आफ्नै श्रीमानलाई धारिलो हतियार खुर्पा प्रहार गरेको अभियोगमा किर्तिपुर नगरपालिका­२ देवढोका टोलमा डेरा गरी बस्ने मकवानपुर फाखेल­६ घर भएका ३२ बर्षीया शान्ति तामाङलाई प्रहरीले पाक्राउ गरेको छ ।

घरायसी विवादका कारण तामाङले २७ बर्षीय श्रीमान अम्मर लामालाई खुर्पाले टाउकोमा प्रहार गरी गम्भिर घाईते बनाएकी थिईन् । घाईतेलाई उपचारार्थ किर्तिपुर मोडल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •